default_image

5 months ago

February 20, 2024

वाफ च्याम्पियनसिपमा नेपाल र सिरिया भिड्दै

2152 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा सहभागिता जनाउन साउदी अरेबियामा रहेको नेपाली महिला टोलीले आज समूह चरणको पहिलो खेलमा सिरियाको सामना गर्दै छ । खेल नेपाली समय अनुसार ७:४५ बजे किंग अब्दुल्लाह स्पोर्ट्स सिटी रिजर्व स्टेडियममा सुरु हुने छ ।

नेपाल गुआम संगै प्रतियोगितामा आमन्त्रित टोली हो । नेपाली टोलीमा भारतीय लिग खेलिरहेका ६ जना सहित फ्रान्सको शीर्ष डिभिजन खेलिरहेकी सावित्रा भण्डारी समेत रहेकी छिन् । साम्बा हिजो साउदी अरेबिया पुगेकी हुन् ।

उमेर समुहमा खेलिसकेका फरवार्ड चन्द्रा भण्डारी र मिडफिल्डर सरस्वती हमाल पहिको पटक राष्ट्रिय महिला टोलीमा पर्न सफल भएका छन् ।

नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक छन् । अर्को समूहमा आयोजक साउदी , ग्वाम, लेबनान र जोर्डन छन् ।

हिजो भएका समूह ए का खेलमा लेबनानले गुआममाथि ४-३ को जित निकालेको थियो भने जोर्डनले घरेलु टोलीमा साउदी अरेबिया माथि ३-१ को जित निकालेको हो ।

दुवै समूहका शीर्ष दुई टोलीले सेमीफाइनलको यात्रा तय गर्ने छन् ।

नेपाली टोली :

गोलकिपर: एन्जिला तुम्बापो सुब्बा (कप्तान), उषा नाथ, अञ्जना राना मगर

डिफेन्डर: गीता राना, अमृता जैशी, हिरा कुमारी भुजेल, बिमला विक, निशा ठोकर, समिक्षा घिमिरे, पुजा राना, सबिना चौधरी

मिडफिल्डर: अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रिती राई, दिपा शाही, बिमला चौधरी, सरस्वती हमाल

फरवार्ड: चन्द्रा भण्डारी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मि कुमारी घिसिङ्ग, सबिता राना मगर

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.