5 months ago
February 22, 2024
एजेन्सी – साउदी क्लब अल नासर एसियाली च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ । साउदीकै टोलीमा अल फायहामाथि दुई लिगमा समग्रमा ३-० को नतिजा निकाल्दै अल नासर क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
हिजो भएको घरेलु दोस्रो लेगमा अल नासर २-० ले विजयी भएको हो । अल नासरको जितमा १७औं मिनेटमा ओटाभियो र ८६औं मिनेटमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले समान एक एक गोल गरे ।
पहिलो लेगमा १-० को जित निकाल्दा पनि ओटाभियोले गोल गरेका थिए ।
अल नासरले अब युएईको टोली अल अइनविरुद्ध सेमीफाइनल प्रवेशका लागि खेल्ने छ ।
अल नासर समूहमा ६ खेलमा ४ जित र २ बराबरी सहित १४ अंक बटुल्दै शीर्ष स्थानमा रहेर अन्तिम १६मा पुगेको थियो ।
एसियाली च्याम्पियन्स लिगमा पूर्व र पश्चिम क्षेत्र बीच ३२ टोलीलाई १६-१६ टोली विभाजित गरिएको छ । पूर्व र पश्चिम क्षेत्रबाट १-१ टोली फाइनल पुग्ने छन् भने फाइनल खेल होम एण्ड अवे प्रणालीमा हुनेछ ।
गत संस्करणको उपाधि जापानी टोली उरुवा रेड्सले जितेको थियो ।
July 26, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]
July 26, 2024
सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]
July 26, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]