2 years ago
February 22, 2024
हेटौंडा (हाम्रो खेलकुद) – मछिन्द्र फुटबल क्लबले छैटौं बागमती गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नेपाल एपिएफ फुटबल क्लबलाई बिहीबार ४–० ले हराउँदै मछिन्द्र च्याम्पियन बनेको हो ।
बागमती–८ स्थित जनता माविको खेल मैदानमा मछिन्द्रका लागि विदेशी खेलाडी क्रिष्टोफर चिजोवाले २ र करिमले १ गोल गरे । खेलको १४ औं मिनेटमा करिमले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए ।
चिजोवाले खेलको ५७ औं मिनेटमा गोल गरे । ६१ औं स्टेफेन समिरको प्रहार एपिएफका डिफेन्डर कुलदीप कार्कीले आत्मघाती गोल गर्न पुगेका थिए । चिजोबाले ६२ औं मिनेटमा अर्को गोल गरेपछि मछिन्द्रले खेलमा बलियो पकड बनाएको थियो ।
मछिन्द्रले उपाधिसहित १० लाख र एपिएफले लाख रुपैयाँमा प्राप्त गर्यो । मछिन्द्रका उत्सव राई प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले १ लाख १ हजार रुपैयाँ प्राप्त गरे ।
मछिन्द्रका प्रदीप भण्डारी उत्कृष्ट गोलरक्षक, एपिएफका कुलदीप कार्की उत्कृष्ट डिफेन्डर, विशाल तामाङ उत्कृष्ट मिडफिल्डर , मछिन्द्रका हिसुब थपलिया उत्कृष फरवार्ड र मछिन्द्रका सन्तोष न्यौपाने उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट सबैले समान २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगिताको अवसरमा आयोजकले समृद्ध समाज राष्ट्रिय दैनिकका सञ्चारकर्मी रविन्द्र वाईबालाई उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ । वाईबालाई १५ हजार रुपैयाँसहित सम्मान गरिएको हो । यस्तै रेडियो झुरझुरका विवेक सिंतान, बागमती संदेशका आषिश बल, गोल नेपालका विक्रम बानियाँ र अनिरुद्ध खबरका अनिल पराजुलीलाई पनि सम्मान गरिएको छ ।
बागमती गाउँपालिकाका खेलकुद विकास समितीका अध्यक्ष टिकालाल श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रममा बागमती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मोक्तान, बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी , अखिल नेपाल फुटबल संघका महासचिव किरण राई, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान लगायतले पुरस्कृत गरेका थिए ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]