default_image

5 months ago

February 23, 2024

दोस्रो लेगमा पराजित भएपनि मिलान यूरोपा लिगको अन्तिम १६ मा 

480 views

0 Bookmark

एजेन्सी – यूरोपेली यूरोपा लिगको अन्तिम ३२ चरणको दोस्रो लेगमा पराजित भएपनि इटालियन क्लब एसि मिलान यूरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । फ्रेन्च टोलि रेनेस विरुद्ध दोस्रो लेगमा ३-२ ले पराजित भएपनि समग्रमा ५-३ ले अघि रहँदै मिलान अन्तिम १६ मा पुग्न सफल भएको हो ।

रेनेसका लागि बेन्जामिन बोउरिगिउडली ह्याट्रिक गरे । मिलानका लागि भने लुका जोभिच र राफाएल लियाओले एक-एक गोल गरे ।  

यस्तै अर्को फ्रेन्च टोली टुलुज विरुद्ध दोस्रो लेगमा गोलरहित बराबरी सहित समग्रमा २-१ ले अघि रहँदै पोर्चुगिज टोली बेन्फिका पनि अन्तिम १६ मा प्रवेश गरेको छ ।

यस्तै काराबाग, फ्राईबर्ग, मार्सेल, रोमा स्पार्टा प्राग र स्पोर्टिंग लिस्बन पनि अन्तिम १६ मा पुग्न सफल भएका छन् ।  

दोस्रो लेगका नतिजा (समग्र स्कोर):

फ्राईबर्ग ३-२ लेन्स (३-२)

काराबाग २-३ ब्रागा (६-५)

रेनेस ३-२ एसी मिलान (३-५)

तुलुज ०-० बेन्फिका (१-२)

मार्सेल ३-१ शाख्तर डोनेत्स्क (५-३)

रोमा १-१ फायनोर्ड (६-४)

स्पार्टा प्राग ४-१ गालातासाराय (६-४)

स्पोर्टिंग लिस्बन १-१ योङ्ग ब्याइज (४-२) 

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.