default_image

2 months ago

February 23, 2024

केपी ओली कप आज देखि 

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल युवा संघको आयोजनामा दोस्रो संस्करणको केपी ओली कप फूटबल प्रतियोगिता आज देखि सुरु हुदैँ छ । उद्घाटन खेलमा आयोजक केपी ओली एफसी र ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड भिड्ने छन् । खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा दिउसो ३ बजे सुरु हुने छ । खेल अघि १ बजे बाट […]

576 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल युवा संघको आयोजनामा दोस्रो संस्करणको केपी ओली कप फूटबल प्रतियोगिता आज देखि सुरु हुदैँ छ । उद्घाटन खेलमा आयोजक केपी ओली एफसी र ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड भिड्ने छन् ।

खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा दिउसो ३ बजे सुरु हुने छ । खेल अघि १ बजे बाट उद्घाटन समारोह समेत रहेको आयोजकले जनाएको छ ।

यसपटक प्रतियोगितामा १२ टोलीको सहभागिता रहने छ । आयोजक केपी ओली एफसी बाहेक चर्च ब्वाइज युनाइटेड, जावलाखेल युथ क्लब, न्यु रोड टिम, थ्रीस्टार क्लब, त्रिभुवन आर्मी एफसी, नेपाल पुलिस क्लब र मछिन्द्र क्लब सहित भारतका मानेभञ्ज्याङ क्लब एफसी र दिल्ली एफसी प्रतियोगितामा सहभागी रहने छन् ।

मनाङ मर्स्याङ्दी क्लबले सहभागिता नजनाउने भएपछि न्यु रोड टिमले मनाङको स्थान लिने भएको हो । 

प्रतियोगिताका सेमिफाइनल अगाडिका खेलहरु सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने छन् । सेमिफाइनल र फाइनल दशरथ रंगशालामा हुनेछन् । प्रतियोगिताको फाल्गुन १९ का दिन समापन हुने छ ।

प्रतियोगिताको विजेताले ११ लाख रुपैँया र उपविजेताले ५ लाख रुपैँया प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । गत वर्ष सम्पन्न भएको केपी ओली कपको पहिलो संस्करणको उपाधि मछिन्द्र क्लबले जितेको थियो ।

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

April 15, 2024

लिभरपुलपछि आर्सनल पनि पराजित

एजेन्सी – लिभरपुलको हारपछि इंग्लिस प्रिमियर लिग शीर्षस्थानमा उक्लने मौकालाई आर्सनलले गुमाएको छ । आर्सनल आइतबार एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । उपाधि होडमा रहेका दुई टोली लिभरपुल र आर्सनल पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई पुगेको छ । खेलको अन्त्यतिर एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकालेको हो । लियोन […]

April 14, 2024

लेभरकुसनलाई पहिलोपटक बुन्डेसलिगा उपाधि

एजेन्सी – जाभी अलोन्सोको प्रशिक्षणमा रहेको बायर लेभरकुसनले क्लब इतिहासमा पहिलोपटक बुन्डेसलिगाको उपाधि जितेको छ । आईतबार वेर्डर ब्रेमन माथि ५-० को सहज जित संगै लेभरकुसनको पहिलो लिग उपाधि पक्का भएको हो । लेभरकुसनको जितमा फ्लोरियन विर्ट्जले ह्याट्रिक पूरा गरे भने भिक्टर बोनिफेशले र ग्रानिट झाकाले खेलमा एक-एक गोल गरे । ९०औं मिनेटमा विर्ट्जले गोल […]

Success

Thank you for your time.