default_image

5 months ago

February 23, 2024

क्रुसले सन्यास फिर्ता लिए

1017 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका प्रभावशाली जर्मन मिडफिल्डर टोनी क्रुसले अन्तर्राष्ट्रिय खेलबाट लिएको सन्यास फिर्ता लिएका छन् ।

जर्मनीको राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जुलियन नागेल्सम्यानसँगको वार्तापछि क्लब फुटबलमा लगातार उच्च प्रदर्शन गरिरहेका ३४ वर्षीय क्रुसले आफ्नो सन्यास फिर्ता लिएका हुन् ।

जर्मनीले यसैवर्ष युरोकप २०२४ को आयोजना गर्दैछ । घरेलु मैदानमा हुने युरोकपलाई नै मध्यनजर राख्दै उनले सन्यास फिर्ता लिएको बुझिएको छ ।

जर्मन फुटबल एसोसिएसन र तत्कालिन प्रशिक्षकसँग राम्रो सम्बन्ध रहन नसकेपछि र युरो २०२० मा आफ्नो प्रदर्शनको चर्काे आलोचना भएपनि उनले सन् २०२१ का अप्रत्यासित रुपमा सन्यासको घोषणा गरेका थिए । त्यसबेला जर्मनी प्रि–क्वाटरफाइनलमा इंग्ल्यान्डसाग पराजित भएको थियो ।

उनी अर्को महिना फ्रान्स र नेदरल्याण्ड्सविरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नागेल्सम्यानको टोलीमा छनोट हुन योग्य छन् । युरो सन २०२४ को उद्घाटन खेलमा शुक्रबार जुन १४ मा जर्मनीले स्कटल्याण्डको सामना गर्दैछ ।

क्रुसले सन् २०१० देखि २०२१ को बीचमा जर्मनीका लागि १०६ क्याप जित्दा १७ अन्तर्राष्ट्रिय गोल गरेका छन् । उनी सन् २०१४ मा ब्राजिलमा भएको फिफा विश्वकपको उपाधि जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए ।

क्रुसले बायर्न म्युनिख र रियल म्याड्रिडबाट समान ३ बुन्डेसलिगा र ला लिगा जितेका छन् । यस्तै उनले रियलबाट पाँचपटक च्याम्पियन्स लिग जितेका छन् ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.