11 months ago
February 23, 2024
दिपक बोहोरा, पाँचथर
पाँचथरमा अर्को महिना पाँचौ कुम्मायक गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । कुम्मायक स्पोर्टिङ क्लबको आयोजनामा हुने चैत ११ गतेबाट हुने प्रतियोगितामा पाँचथरका ८ स्थानिय तहहरुको सहभागिता रहने शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
यासोक स्थित पृथ्वी माविको खेलमैदानमा हुने प्रतियोगिताको विजेताले चाँदीको ट्रफि सहित १ लाख ११ हजार १ सय ११ रुपैयाँ र दोस्रो हुने टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।
सर्वोत्कृष्ट खेलाडी १५ हजार तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । हरेक खेलको म्यानअ अफ दी म्याचले ३ हजार र फ्यान अफ दि म्याच हुने दर्शकले १ हजार रुपैयाँ पाउनेछन् ।
गोला प्रथाबाट शुक्रबार नै खेल तालिका सार्वजनिक गरिएको छ । समुह ‘ए’ मा कुम्मायक गाउँपालिका, मिक्लाजुङ, तुम्बेवा र हिलिहाङ गाउँपालिका रहेका छन् । समुह ‘बि’ मा याङवरक गाउँपालिका, फिदिम, फालेलुङ र फाल्गुनन्द गाउँपालिका रहेका छन् । उद्घाटन खेल चैत ११ गते कुम्मायक र मिक्लाजुङ गाउँपालिकाबीच हुनेछ । चैत १५ गते प्रतियोगिताको फाइनल खेल हुनेछ ।
January 12, 2025
हिमाल खरेल ,बिर्तामोड झापा ११ एफसीले भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपमा विजयी सुरुवात गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको प्रतियोगितामा भारत पश्चिम बंगालको जिटिए दार्जिलिङलाई टाइब्रेकरमा हराउँदै झापा ११ क्वार्टर फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा खेल १-१ गोलको बराबरीमा टुंगिएपछि निर्णयका लागि टाइब्रेकरको सहारा लिइएको थियो […]
January 12, 2025
सुमन अधिकारी,बुटवल रुपन्देहीको फर्साटिकरमा जारी शुद्धोधन गाउँपालिका १२ औं फर्साटिकर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अन्तिम क्वाटरफाइनलमा शनिवार बुटवलको गोर्खा ब्वाइज क्लबले भारत आसामको इन्टर नर्थ इष्ट एफसीलाई ५-१ ले हराएपछि सेमिफाइनल समीकरण पूरा भएको हो। गोर्खा ब्वाइजको जितमा फागुराम थारुले २, निशान्त न्यौपाने, सन्दीप केसी र मनिष तामाङले समान १ […]
January 12, 2025
एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ । शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल […]