default_image

5 months ago

February 24, 2024

हरमटारीलाई गोर्खाली रनिङ कप फुटबल उपाधि

554 views

0 Bookmark

गोरखा (हाम्रो खेलकुद) – हरमटारी क्लबले आठौं गोर्खाली रनिङ कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । हरमटारीले उपाधि जितेको यो तेस्रो पटक हो । यसअघि टोलीले २०७२ र २०७५ मा उपाधि जितेको थियो ।

चाइनिज धारा फेमेलीलाई शनिबार २–० ले हराउँदै हरमटारीले उपाधि जितेको हो । हरामटारीका लागि फर्गुराम थारु र लक्ष्मण थापाले समान १ गोल गरे । हरमटारीले पाँचौं पटक र चाइजिन धारा भने पहिलो पटक फाइनल खेलेको हो ।

हरम टारीले उपाधिसहित ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ र चाइनिज धाराले १ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्यो ।
प्रतियोगिताको अनुशासित टोलीले दौतरी युवा क्लब चित्रेपोखरीले ३५ हजार रुपैयाँ प्राप्त गर्यो । सर्वोत्कृष्ट खेलाडी चुनिएका हरामटारी क्लबका नरेन्द्र चौधरीले २० हजार रुपैयाँ प्राप्त गरे ।

उत्कृष्ट गोलरक्षक आकाश रानाभाट , उत्कृष्ट रक्षक विजय सिंह ठकुरी , उत्कृष्ट मिडफिल्डर अजित गुरुङ , उच्च गोलकर्ता – युम्मी फकुनले र विक्की चाम्लिङ (समान ५ गोल) राईले समान १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिता फागुन ६ गतेदेखि सुरु भएको थियो ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.