default_image

5 months ago

February 24, 2024

नेपालको टोलीमा एक परिवर्तन

8125 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा प्यालेस्टाइनविरुद्ध नेपालले एक परिवर्तन गरेको छ । खेल नेपाली समय अनुसार १०:४५ बजे किंग अब्दुल्लाह स्पोर्ट्स सिटी रिजर्व स्टेडियममा सुरु हुनेछ ।

प्रशिक्षक राजेन्द्र तामाङले पछिल्लो खेलबाट दिपा शाहीलाई विश्राम दिंदै अनिता केसीलाई सुरुवाती रोजाइमा खेलाएका छन् । आक्रमणमा सावित्रा भण्डारीलाई साथ दिन रेखा पौडेल, अनिता बस्नेत र अमिषा कार्की छन् । मिडफिल्डमा प्रिती राई र अनिता केसी खेल्दैछन् । डिफेन्समा पुजा राना, अमृता जैशी, हिरा भुजेल र गीता राना छन् । एन्जिला तुम्बापो सुब्बा कप्तान तथा गोलरक्षकमा छिन् ।

दुवै टोलीको समान दुई खेलमा २-२ जित सहित ६-६ अंक छ । आजको विजेताले समूह विजेता भई सेमीफाइनलको यात्रा तय गर्ने छ । खेल बराबरीमा सकिएमा नेपालले समूह विजेता भई अर्को समूहको उपविजेता लेवनानविरुद्ध फाइनल प्रवेशका लागि खेल्नेछ ।

नेपालले समूह चरणको पहिलो खेलमा सिरिया माथि ४-१ को सानदार जित हात पारेको थियो । नेपालको जितमा अमिषा कार्की, सावित्रा भण्डारी, रेखा पौडेल र अनिता बस्नेतले समान एक एक गोल गरेका थिए । यस्तै दोस्रो खेलमा नेपालले इराकलाई ५-० ले हराएको थियो । खेलको पाँच गोल नै साम्बाले गरेकी थिइन् ।

प्यालेस्टाइनले पहिलो खेलमा इराक विरुद्ध ३-० को जित निकालेको थियो भने दोस्रो खेलमा सिरियालाई १-० ले हराएको थियो ।

समूह ए बाट जोर्डन ९ अंकसहित समूह विजेता बनिसकेको छ । लेवनान ६ अंक जोड्दै उपविजेताको रुपमा अन्तिम चारमा पुगेको छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.