default_image

5 months ago

February 26, 2024

वरिष्ठ उपाध्यक्षसहित १० जनाबाट एन्फा साधारण सभा बहिष्कार

309 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभामा प्रस्तुत विषयसूचीमा असहमति जनाउँदै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित पदाधिकारी र सदस्यहरुले सभा बहिष्कार गरेका छन्।

साधारणसभाको विषयसूची तय गर्न एन्फा मुख्यालयमा फागुन ३ गते देखि ६ गतेसम्म केन्द्रिय कार्यसमिति बैठक सन्चालन भएको स्मरण गर्दै उनीहरुले विभिन्न बिषयमा घनिभुत छलफल भएको तर बहुमत सदस्यहरुको निर्णयमा असहमति रहेकोले निर्णयहरु नभएको बताइएको छ ।

त्यसमा महासचिव किरण राईले उपस्थितिको हस्ताक्षरको दुरुपयोग गरी निर्णय भएको भनि विषयसूची पेश गरेकोमा गर्नु आफूहरुको‌ गम्भिर असहमति‌ रहेको बताइएका छन् ।

साधारण सभा बहिष्कार गर्नेमा वरिष्ठ उपाध्यक्ष खड्का
सहित उपाध्यक्ष विराट जंग शाही, दिर्घ बहादुर केसी (कुमार), सदस्यहरु अनिल मल्ल, रविन्द्र चन्द्र, मनिष जोशी, रुपेश अधिकारी, भोजराज शाही, रमेश व्यन्जनकार छन् । देश बाहिर रहेकी सदस्य पेमा लामाले पनि यसमा सहमति जनाएको बताइएको छ।

साधारण सभाको‌ बन्द सत्र जारी छ । एन्फाका पूर्व अध्यक्ष तथा ए डिभिजन क्लब हिमालय शेर्पाका‌ अध्यक्ष
कर्मा छिरिङ शेर्पाले कार्यसमितिका‌ बहुमत सदस्यको उपस्थिति नरहेको साधारण सभा औचित्यहिन हुने भन्दै सभाबाट बाहिरका‌ थिए।‌

एन्फाको नियमित साधारण सभाको विशेषसूची

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.