2 years ago
February 26, 2024
दिपक बोहोरा, पाँचथर
सर्लाहीको बागमती युथ क्लब चौथो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको मैदानमा सोमबार भएको खेलमा पथरी ११ फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–१ ले हराउँदै अन्तिम चारमा पुगेको हो ।
निर्धारित समय गोलरहित बराबरी टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । पेनाल्टी सुटआउटमा बागमतीका निर्मल बल, देवा गुरुङ, अनिष राना मगर र अभी लामाले गोल गरेका थिए । पथरीको लागि निरोज परियालले मात्र गोल गरे । मन्जिल खड्का र ग्लोरीको प्रहार बागमतीका गोलकिपर रौनक चौलागाइले रोकेका थिए ।
प्रतिस्पर्धात्मक खेलको पाँचौं मिनेटमा पथरीका ग्लोरीको प्रहार बागमीतका गोलकिपर रौनकले मुस्किलले रोकका थिए । १२ औं मिनेट पथरीका सुबास तामाङले गोल गर्ने राम्रो अवसर गुमाएका थिए ।
५० औं मिनेटमा बागमतीका अभी शक्तिशाली प्रहार पथरीका गोलकिपर सुजित चौधरीले पञ्च गर्दै बचाएका थिए । पहिलो हाफमा निकै राम्रो प्रर्दशज गरेको पथरी दोश्रो हाफमा बागमतीको दबाबमा परेको थियो ।
पेनाल्टी सुटआउटमा दुई प्रहार रोकका बागमतीका गोलकिपर रौनक म्यान अफ द म्याच घोषित भए र उनले ५ हजार रुपैयाँ प्राप्त गरे । टेकनाथ काफ्ले खेलको फ्यान अफ दि म्याच चुनिए र उनले २ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।
ए डिभिजन टोली त्रिभुवन आर्मी फुटबल क्लबसहित ८ टोलीले सहभागिता रहेको प्रतियोगिताको विजेताले ट्रफीसहित ५ लाख ५ हजार, दोस्रोले दुई लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
पाँचथर गोल्डकपमा मंगलबारको खेल
आर्मीविरुद्ध हिल्स फुटबल एकेडेमी, भारत
खेल समय – दिउँसो २ बजे
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]