2 years ago
February 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – स्टार मिडफिल्डर प्रिती राईले वाफ च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा गरेको विजयी गोल फिजियोथेरापिस्ट नविना श्रेष्ठ वैद्यलाई समर्पित गरेकी छिन् ।
लेवनानविरुद्ध दोस्रो हाफको इन्ज्युरी समयमा प्रितीले पेनाल्टी क्षेत्र बाहिरबाट सानदार गोल गर्दै नेपालको २-१ को जित पक्का गरेकी थिइन् । उनकै गोलमा नेपालले फाइनलमा स्थान बनाएको थियो । खेलपछि बोल्दै प्रितीले उक्त गोल आफ्नो फिजियो वैद्यलाई समर्पण गरेकी हुन् ।
‘म आजको गोल नविना म्यामलाई समर्पण गर्न चाहन्छु । मेरो कठिन समयमा वहाँले निकै सहयोग गर्नुभयो । मेरो परिवार र वहाँ नै चोटको समयमा मसँग हुनुहुन्थ्यो । मलाई मानसिक रुपमा गाह्रो हुँदा पनि वहाँले निकै साथ दिनुभयो,’ प्रितीले भनिन् ।
फिजियो वैद्यले प्रितीको पुनरागमनमा गौरव महसुस भएको बताउँदै उनले राम्रो प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताइन् ।
प्रिती चोटका कारण लामो समय मैदानबाहिर हुँदा नविनाले नै लगातार उनको रिह्याबमा सहयोग गरेकी थिइन् । चोटकै कारण प्रितीले गत वर्ष राष्ट्रिय टोलीको खेल पनि गुमाउनुपरेको थियो ।

November 9, 2025
दिपक बोहोरा/हिमाल खरेल, बिर्तामोड एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुँदैछन् । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा फाइनल भोलि (सोमवार) दिउँसो २ः३० बजे सुरु हुनेछ । दुधे रंगशालामा आइतवार भएको प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले आफ्नो टोली उपाधिका लागि पूर्ण रूपमा […]
November 9, 2025
रविन्द्र वाईबा ,हेटौंडा कास्कीको लालीगुराँस एसोसिएसन क्लब र कैलालीको विजय स्पोर्ट्सले जारी एन्फा प्रेसिडेन्ट लिगमा पहिलो जित निकालेको छ। लिग अन्तर्गत आइतवार हेटौंडाको गौरीटार रंगशालामा भएको खेलमा बर्दियाको जनजागृती युवा क्लबलाई ४-० गोलले र विजय स्पोर्ट्सले धनकुटाको देउराली युथ क्लबलाई ४-१ गोलले हराउँदै दुवै टोलीले लिगमा पहिलो जित निकालेको हो। लालीगुराँसका लागि आशिष गुरुङले ह्याट्रिकक […]
November 9, 2025
दिपक बोहोरा, दुधे (झापा) एलभिडी झापा महिला गोल्डकपको अन्तिम सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ फुटबल क्लबबीचको खेलमा एक गोलले रंगशालामा अनौठो दृश्य देखियो । खेल प्रतिस्पर्धात्मक थियो । तर ६४ औँ मिनेटमा आएको विवादास्पद गोलले मैदानदेखि दर्शकदीर्घासम्म कौतुहल बढायो । घटना यसरी भयो । आर्मीकी अनिता लम्जेलले दिपा राईलाई बल पास दिइन् । दिपाले […]