default_image

5 months ago

February 28, 2024

साफ यु-१६ महिला च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा

394 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शुक्रबार देखि काठमाडौंमा सुरु हुने साफ यु-१६ महिला च्याम्पियनसिपको सम्पूर्ण तयारी पुरा भएको एन्फाले जनाएको छ । आज काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै एन्फाले सम्पूर्ण तयारी पुरा गरेको जानकारी गरेको हो ।

च्यासल रंगशालामा हुने भनिएको यस प्रतियोगिता सो रंगशाला फिफा प्रतिनिधिद्वारा अयोग्य तोकिएपछि एन्फा कम्प्लेक्समा सारिएको छ । च्यासल रंगशालामा आवश्यक मापदण्ड नपुगेको र मैदान साह्रो भएको भन्दै प्रतियोगिता एन्फा कम्प्लेक्समा सारिएको एन्फाका प्रवक्ता सुरेश शाहले जनाए ।

“साफ प्रतिनिधिको मूल्यांकन अनुसार च्यासल को मापदण्ड नपुगेको र मैदान साह्रो भएका कारण प्रतियोगिता एन्फा कम्प्लेक्समा सारिएको हो”, एन्फा प्रवक्ता सुरेश शाहले भने ।

प्रतियोगितामा नेपाल सहित ४ साफ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् । प्रतिस्पर्धा गर्ने भारत, बंगलादेश र भुटान नेपाल आइसकेको समेत एन्फाले जानकारी दिएको छ ।

एन्फाले प्रतियोगिताको टिकट मूल्यदर समेत निर्धारण गरेको छ । साधारण प्यारापिट तर्फ टिकट मूल्य रु १०० र भिआईपी तर्फ रु ३०० निर्धारण गरिएको छ ।प्रतियोगिताको अनुमानित बजेट रु २,१२,२०,९०० रहेको छ । प्रतिस्पर्धी टोलीले च्यासल सहित सातदोबाटोमा प्रशिक्षण गर्नेछन् ।

नेपाली टोलीको प्रशिक्षण चक्र तामाङले गरिरहेका छन् । नेपालको २३ सदस्सीय टोलीको टुंगो समेत लागिसकेको छ । प्रतियोगिताको उद्दघाटन खेलमा भारत र भुटानले फाल्गुन १८ गते दिनको ३ बजे भिड्ने छन् । नेपालले भने आफ्नो पहिलो खेलमा बंगलादेश विरुद्ध फाल्गुन १९ गते खेल्नेछ ।

राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् । फाइनल खेल फाल्गुन २७ गते हुनेछ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.