default_image

1 year ago

March 1, 2024

नेपाल फाइनलको टाइब्रेकरमा पराजित

3904 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले वाफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा हार बेहोरेको छ ।

साउदी अरबको जेद्दाहमा विहीबार सम्पन्न फाइनलमा नेपाललाई टाइब्रेकरमा पराजित गर्दै जोर्डन छैटौं पटक उपाधि जित्न सफल भएको हो । निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि जोर्डन टाइब्रेकरमा ५-३ ले विजयी भएको हो ।

नेपाल ११ औं पटक फाइनलमा पनि उपाधि जित्न सफल भएन । यसअघि साफ च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुदमा पटक पटक चुक्दै आएको नेपालले यसपटक पनि फाइनलमा रोकियो । आमन्त्रित टोलीको रुपमा वाफ खेल्न पुगेको नेपाल पहिलो सहभागितामै उपविजेता बनेको हो ।

पहिलो हाफमा सविता राना मगरको १-० को अग्रता लिएको नेपाल दोस्रो हाफमा गोल खाएपछि २-१ को स्थितिमा थियो । तर इन्ज्युरी समयमा प्राप्त पेनाल्टीमा गीता रानाले गोल गरेपछि खेल २-२ को बराबरीमा पुगेको हो । त्यसपछि खेलको निर्णय टाइब्रेकरमा लिइएको थियो ।

टाइब्रेकरमा जोर्डनकी आय अल मजालीले गोल गरेपछि नेपालका लागि गीता रानाले पनि स्कोर बराबरीमा ल्याइन् । त्यसपछि जोर्डनकी कप्तान मायसा बराहले गोल गर्दा दिपा शाहीले टप कर्नरमा पेनाल्टी पुर्याइन् ।

त्यसपछि जोर्डनले लगातार दुई प्रहार गोलमा परिणत गर्दा नेपालको हिरा भुजेलको प्रहार गोल भएपनि अमृता जैशीले गोल गर्न सकिनन् । जोर्डनको पाँचौ प्रहार गोल भएसँगै नेपाल पराजित हुन पुग्यो ।

चौथो मिनेटमा जोर्डनकी कप्तान माएसा जबाराहको प्रहार पोस्टको दिशामा रहेन । सातौं मिनेटमा गिता रानाको लामो फ्रिकिक जोर्डन गोलरक्षक शेरिन अल शलाबेले समात्न नसकेपनि खतरा भने रहेन ।

११औं मिनेटमा सविता राना मगरको क्रसमा अमिषा कार्की नियन्त्रणमा लिनुअघि चिप्लिन पुगिन् । १५औं मिनेटमा रश्मी घिसिङको प्रहार सिधै अल शलाबेको हातमा पुग्यो । १७औं मिनेटमा दीपा शाहीको फ्रिकिक पनि सिधै अल शलाबेको हातमा पुग्यो । अर्को मिनेटमा प्रिती राईको प्रहारमा पनि उनी बाधक बनिन् ।

२९औं मिनेटमा आज पहिलो पटक सुरुवाती ११ मा रहेर खेलिरहेकी सविता राना मगरले नेपाललाई अग्रता दिलाइन् । रेखा पौडेलको पास जोर्डनले क्लियर गर्न नसकेपछि सविताले बक्सको छेउबाट गरेको प्रहार अल शलाबेको पहुंच भन्दा टाढा जाँदै पोस्टको दिशा लियो ।

६०औं मिनेटमा कर्नरकिकको अन्त्यमा दीपा शाहीको प्रहार सिधै अल शलाबेको हातमा पुग्यो । ६४औं मिनेटमा जाइना हसनले बक्स बाहिरबाट निकै माथि प्रहार गरिन् ।

७२औं मिनेटमा अनिता बस्नेत अग्रता दोब्बर बनाउनबाट निकै नजित पुगेर चुकिन् । रेखा पौडेलको पास बक्सको दायाँ भागमा नियन्त्रणमा लिएर उनले गरेको प्रहार फार पोस्टको थोरै टाढाबाट बाहिरियो ।

७४औं मिनेटमा जोर्डनले खेलमा बराबरी गर्यो । ग्राउन्डको मध्य भागबाट खेलेको लामो पासमा अफसाइड ट्रयाप बिट गर्दै लाना फेरासले गोल गरेर खेल बराबरीमा ल्याइन् । सो गोल भएको बेला प्रिती राई चोटका कारण मैदान बाहिर रहेकाले नेपाल दश जनाले खेलिरहेको थियो ।

त्यसको अर्को मिनेटमा जोर्डन अग्रता लिनबाट चुक्यो । साराह अबु साबाहको बक्स बाहिरबाट लिएको प्रहार क्रसबारमा लागेर फर्कियो । रिबाउन्डमा माएसा जबाहराले बललाई पोस्टमा पठाएपनि उनी अफसाइड भएपछि गोल मान्य भएन ।

८३औं मिनेटमा अयाह अल-मजालीको लामो फ्रिकिक एन्जिलाले समातिन् । ८७औं मिनेटमा जबाहराको हेडर पोस्टको दिशामा रहेन ।

८९औं मिनेटमा जोर्डनले खेलमा दोस्रो गोल गर्यो । साराह अबु साबाहले जबाराहको पास लिएर गिता र दीपालाई छक्याउँदै बक्स भित्रबाट गोल गर्दै जोर्डनलाई अग्रता दिलाइन् ।

९०औं मिनेटमा जोर्डनकी गोलरक्षकले बल फुस्काएपछि बक्सको छेउबाट अनिता बस्नेतले गरेको प्रहारमा उनको चाहेजस्तो सम्पर्क रहन सकेन ।

इन्ज्युरी समयको दोस्रो मिनेटमा नेपालले पेनाल्टी पायो । जबाराहले बक्समा ह्याण्डबल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । पेनाल्टीमा गिता रानाले गोल गर्दै नेपालका लागि बराबरी गरिन् ।

June 16, 2025

गट्टुसो इटलीको प्रशिक्षक नियुक्त

एजेन्सी – इटालीले पूर्व मिडफिल्डर जेन्नारो गट्टुसोलाई आफ्नो नयाँ प्रशिक्षक नियुक्त गरेको छ। एसी मिलानका पूर्वमहान खेलाडी गट्टुसोले लुसियानो स्पालेत्तिको स्थान लिने छन् । उनलेले गत हप्ता पत्रकार सम्मेलनमा आफूले पद छाडेको घोषणा गरेका थिए। ४७ वर्षीय गट्टुसोले इटालीका लागि ७३ खेल खेलेका छन् । उनी सन् २००६ मा विश्वकप जित्ने टोलीका सदस्य हुन् । […]

June 16, 2025

पिएसजीले एट्लेटिकोलाई हरायो

एजेन्सी – फिफा क्लब विश्वकप अन्तर्गत समूह बीको खेलमा युरोपेली च्याम्पियन पेरिस सेन्ट जर्मेनले स्पेनिस क्लब एट्लेटिक म्याड्रिडलाई ४-० ले पराजित गरेको छ । पिएसजीले दुवै हाफमा २-२ गोल गर्दै सहज जित पक्का गरेको हो । खेलको १९ औं मिनेटमा फाबियन रुइजले पेनाल्टी क्षेत्र बाहिरबाट गोल गर्दै फ्रान्सेली टोलीलाई अघि बढाए । पहिलो हाफको इन्ज्युरी […]

June 16, 2025

बायर्नको कीर्तिमानी जित

एजेन्सी – बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले अमेरिकामा जारी फिफा क्लब विश्वकपमा न्युजिल्याण्डको अकल्याण्ड सिटीलाई १०-० ले पराजित गरेको छ। क्लब विश्वकप इतिहासकै यो अहिलेसम्म कै फराकिलो अन्तरको नतिजा हो । भिन्सेन्ट कम्पनीको नेतृत्वमा रहेको बायर्नले पूर्ण रुपमा खेलमा नियन्त्रण बनायो। जमाल मुसियालाले ह्याट्रिक र थोमस मुलरले २ गोल गरे। क्लबबाट बिदाइको तयारी गरिरहेका मुलरका लागि […]

Success

Thank you for your time.