default_image

5 months ago

March 1, 2024

बनेपामा मेयर कप फुटबल सुरु

319 views

0 Bookmark

बनेपा (हाम्रो खेलकुद) – काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिकाको आयोजना तथा वडा नम्बर ८ को संयोजनमा चौथा मेयर कप फुटबल प्रतियोगिता शुक्रबार सुरु भएको छ । प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको पहिलो खेलमा वडा नम्बर ८ ले वडा नम्बर ६ लाई २–१ ले हराएको छ । प्रतियोगिताको विजेता टोलीले उपाधिसहित १ लाख र दोस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्ने वडा अध्यक्ष एवम् मुल आयोजक समितिकी संयोजक शुभ लक्ष्मी मानन्धरले जानकारी दिइन् ।

बनेपाका मेयर शान्ति रत्न शाक्यले प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटनमा उपप्रमुख बिमला सापकोटा दाहाल, प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईं,वडा नं ६ का वडा अध्यक्ष सचितानन्द केसी लगायतको उपस्थिति थियो ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.