default_image

2 years ago

March 2, 2024

आर्मी पहिलो पटक पाँचथर गोल्डकप च्याम्पियन

1449 views

0 Bookmark

दिपक बोहरा,पाँचथर

त्रिभुवन आर्मी फुटबल क्लब पहिलो पटक पाँचथर गोल्ड कप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

शनिबार आयोजक पाँचथर क्लबलाई ४-२ ले हराउँदै ए डिभिजन टोली आर्मीले उपाधि जितेको हो । २०७४ सालमा दशैं फाल्गुनन्द गोल्डकपमा उपविजेता बनेको आर्मी ६ वर्ष पछि विजेता बनेर फर्कदैछ ।

फिदिम माविको खेलमैदानमा आर्मीलाई जित दिलाउन कप्तान दिपकुमार लामाले २ , पदम तामाङ र सन्तोष केसी समान १ गोल गरे । पाँचथरका आशिष चापागाईं र प्रशान्त लक्समले गोल‌ गरे।

३१ औं मिनेटमा पेनाल्टी बक्समा कसैको निगरानीमा नरहेका पदमले फष्टबार च्याप्दै प्रहार गरेको बल पाँचथरका गोलकिपर मिराक खजुमले बचाउने क्रममा रिबाउन्ड हुँदा पदमलेनै गोल गरे।

खेलको ३९ औं मिनेटमा पाँचथरका दिनेश शेर्माको पासमा आशिषले बराबरी गोल फर्काए । ५२ औं मिनेटमा पाँचथरका प्रशान्तले गोल गर्दै पाँचथरलाई २- १ को अग्रता दिलाए ।

तर, पाँचथरको अग्रता लामो समय टिक्न सकेन । ५३ औं मिनेटमा आर्मीका सन्तोषले फ्रिकिक मार्फत गोल गर्दै खेलमा बराबरी गरे । डि एरिया बाहिर पाँचथरका आशिषले फाउल गरे पछि आर्मीले फ्रिकिक पाएको थियो ।

६१ औं मिनेट र ६९ औ मिनेटमा आर्मीका दिपले गोल गर्दै आर्मीको जित निश्चित पारे । आर्मीका‌ पदम फाइनल अफ दी म्याच घोषित भए र उनले ५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट डिफेन्डर आर्मीका वसन्त तामाङ, उत्कृष्ट गोलकिपर आर्मीका नविन तामाङ , उत्कृष्ट मिड फिल्डर आर्मी रुपेश क्षेत्री, उत्कृष्ट प्रशिक्षक आर्मीका आर्दश मल्ल घोषित भए । उत्कृष्ट सबैले समान १० हजार प्राप्त गरे ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी पाँचथरका रोशन आङदेम्बे बने । प्रतियोगिताको उदयमानी खेलाडी आयोजक पाँचथर क्लबका मनिष क्षेत्री बने । सर्वोकृष्ट खेलाडी र उदयमानी खेलाडी समान १५ हजार रुपैयाँ प्राप्त गरे ।

मुमिन नेम्बाङ खेलको फ्यान अफ दि म्याच भए ।खेलकुद विकास समिति पाँचथरका अध्यक्ष सन्तोष मोक्ताङ सुटआउट हिरो ( खेलमैदानको बिचबाट गोल गर्ने दर्शक) भए । दुवैले समान २ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताका सबै खेल हेरेर ७२ वर्षिय नरेन्द्रकुमार सम्हाफे फ्यान अफ दि टुर्नामेन्ट बन्दै २ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।

विजेता आर्मी उपाधि सहित ५ लाख ५ हजार र दोस्रो पाँचथरले २ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्यो।

समापन समारोहमा पुख्यौली घर पाँचथर भएका यु २३ का खेलाडी प्रशान्त लक्समलाई दोसल्ला ओडाएर कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सम्मान गरेका थिए । प्रतियोगितामा ८ टोलीको‌ सहभागिता थियो।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.