default_image

2 years ago

March 3, 2024

चर्च ब्वाइज झापा गोल्डकपको क्वार्टरफाइनलमा

967 views

0 Bookmark

हिमाल खरेल, बिर्तामोड

ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबले अर्ना झापा गोल्ड कपको छैटौँ संस्करणमा विजयी सुरुवात गरेको छ । नेपाल पुलिस क्लबलाई आइतबार २–० ले पराजित गर्दै चर्च ब्वाइजले क्वार्टर फाइनल पुगेको हो ।

झापा गोल्ड कपमा पहिलोपटक सहभागितामा नै चर्च ब्वाइजले विजयी सुरुवात गर्न सफल भएको हो । पुलिस भने यसअघिका ५ वटै संस्करणमा पहिलो चरणमै घर फर्किएको थियो ।

आइतबारको खेलमा दुवै टिमको मिडफिल्ड चल्न सकेन । निर्धारित ९० मिनेटमा पुलिसले तीन र चर्च ब्वाइजले एउटा मात्र डेन्जर मुभ बनाउन सकेको थियो । तर, डिफेन्स लाइन र गोलकिपरको केही गल्तीका कारण पुलिस दबाबमा परेको थियो ।

खेलको ५३ औं मिनेटमा चर्च ब्वाइजका अवयोमी अबयोमीलाई पुलिसका गोल रक्षक सञ्जित श्रेष्ठले पेनाल्टी एरियामा फाउल गरेका थिए । त्यसपछि पाएको पेनाल्टीलाई अबयोमीले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए ।

खेलको ७८ औँ मिनेटमा अबयोमीको क्रस पासमा समिर तामाङले गोल गर्दै खेलमा अग्रता दोब्बर बनाए । पेनाल्टी एरियामा अनमार्क रहेका रहेका तामाङले दायाँ बार च्याप्दै गरेको प्रहारले जाली चुमेको थियो

खेलको ६५ औँ मिनेटमा अबयोमीले अग्रता दोब्बर गर्ने अवसर गुमाएका थिए । पेनाल्टी एरियामा पाएको बललाई उनको प्रहार पोस्ट नजिकबाट बाहिरिएको थियो ।

खेलको ४३ औँ मिनेटमा पुलिसका पेनाल्टी एरिया नजिकै पुलिसका उज्ज्वल राइलाई चर्च ब्वाइजका खेलाडीले लडाएपछि पुलिसले फ्रिकिक पाएको थियो । सञ्जीव लामाले गरेको फ्रिकिक विपक्षी गोलरक्षक दीप कार्कीले पञ्च गरेर बचाए ।

६९ औँ मिनेटमा पेनाल्टी एरियामा पाएको अवसर पुलिसले खेर फालेको थियो । विकास विकको पावरफुल प्रहार पोस्टमा लागेर रिबाउन्स भएको थियो । रिबाउन्स बललाई आशिष राईले प्रहार गर्दा बारको नजिकैबाट बाहिरिएपछि पुलिस बराबरी गर्ने अवसरबाट बञ्चित भएको थियो ।

खेलपछि भएको पोस्ट म्याच कन्फ्रेन्समा बोल्दै विजेता चर्च ब्वाइजका प्रशिक्षक रुविन राईले नयाँ मैदानमा खेल्दा अपेक्षाकृत स्कोर हुन नसकेको बताए । उनले लिग विजेताको स्तरले प्रतियोगितामा नतिजा नआउनु खेलको स्तर खुम्चिएको स्वीकारेका छन् ।

पुलिसका प्रशिक्षक चेतन घिमिरेले स्कोररको कमीका कारण प्रतियोगितामा नतिजा नआएको बताएका छन् । उनले नयाँ खेलाडीलाई अवसर दिँदा अनुभवको कमीसमेत देखिएको बताए ।

खेलको प्लेयर अफ द म्याच चर्च ब्वाइजका अवयोमी घोषित भए । उनले ११ हजार रुपैंयाँ पुरस्कार पाए । सोमबार हुने पहिलो क्वार्टर फाइनल खेलमा सशस्त्र प्रहरीको एपिएफ एफसी र सर्लाहीको बागमती युवा क्लबबीच हुनेछ ।

फागुन २८ गते हुने गोल्डकपको फाइनल खेलको विजेताले १३ लाख र दोस्रो टोली ७ लाख रुपैयाँ प्राप्त गर्नेछ । गोल्डकपमा झापा ११ एफसीसहित १० टोलीको सहभागिता छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.