11 months ago
March 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेश काठमाडौंमा जारी साफ यु-१६ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा भारत माथि ३-१ को जित निकाल्दै बंगलादेशले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
बंगलादेशको जितमा अल्पि अख्तर, सौरभी प्रिती र अर्पिता विश्वासले समान एक-एक गोल गरे । भारतका लागि अनुष्का कुमारीले एक गोल गरेपनि अन्त्यमा बंगलादेश जित तर्फ उन्मुख हुन पुग्यो ।
आजको जित सँगै बंगलादेशको दुई खेलमा ६ अंक भएको छ । बंगलादेशले पहिलो खेलमा नेपाल माथि २-० को जित निकालेको थियो । भारतले भने भुटान विरुद्ध पहिलो खेलमा ७-० को जित निकालेको थियो ।नेपाल र भारतको समान ३-३ अंक छ ।
नेपाल र भारत बीच बिहीवार हुने खेलले फाइनल पुग्ने अर्को टोलीको टुंगो लाग्नेछ । शुक्रबार बंगलादेशले राउण्ड रोबिन चरणको अन्तिम खेलमा भुटानको सामना गर्नेछ । चार टोली सम्मिलित प्रतियोगिताको फाइनल खेल फाल्गुन २७ गतेका दिन हुनेछ ।
January 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – गोरखा जिल्लाको परिचित गोर्खाली रनिङ कपको नवौं संस्करण फागुन ७ गतेबाट हुने भएको छ । गोरखा जिल्लाकै सर्वाधिक धनराशी पुरस्कार भएको यस प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक हरमटारी क्लबले जनाएको छ । उपविजेताले २ लाख पुरस्कार पाउने बुधबार पत्रकार सम्मेलन गर्दे क्लबले प्रतियोगिताबारे जानकारी दिएको हो । जिल्लामै […]
January 24, 2025
एजेन्सी – कप्तान सन ह्युङ–मिनले २ गोलमा टोटनहमले युरोपा लिगमा जर्मन क्लब होफेनहाइममाथि रोमाञ्चक जित दिलाए । होफेनहाइमको घरेलु मैदान भएको खेलमा टोटनहमले ३-२ को जित हासिल गर्यो । टोटनहमको जितमा सन बाहेक जेम्स म्याडिसनले गोल गरे । घरेलु टोलीका लागि एन्टोन स्टाच र डेभिड मोक्वाले गोल गरे । खेलको तेस्रो मिनेटमा टोटनहमका लागि म्याडिसनले […]
January 24, 2025
एजेन्सी – कप्तान ब्रुनो फर्नान्डेसले इन्ज्युरी समयमा गरेको गोलमा म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा बिहीवार रेन्जर्सलाई २-१ ले हराएको छ। फर्नान्डेसले इन्ज्युरी समयको दोस्रो मिनेटमा निर्णायक गोल गरे । त्यसअघि रेन्जरका गोलकिपर ज्याक बट्ल्यान्डले आत्मघाती गोल गरेपछि युनाइटेडले ५२ औं मिनेटमा अग्रता लियो। सेरियल डेसेर्सको ८८ औं मिनेटमा बराबरी गोल गर्दैै रेन्जर्सलाई खेलमा फर्काए। तर टोलीले […]