default_image

2 years ago

March 7, 2024

फाइनल प्रवेशका लागि नेपाल र भारत भिड्दै

1696 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी साफ यु-१६ महिला च्याम्पियनसिपको फाइनल प्रवेशका लागि नेपाल र भारत आज भिड्दै छन् । खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा दिनको ३ बजे सुरु हुनेछ ।

नेपाल र भारतको दुई-दुई खेलमा समान १-१ जित सहित ३-३ अंक छ ।भारतले भुटान विरुद्ध पहिलो खेलमा ७-० को जित निकालेको थियो । यस्तै दोस्रो खेलमा भने भारत बंगलादेश विरुद्ध ३-१ ले पराजित भएको थियो ।

नेपाल पनि पहिलो खेलमा बंगलादेश विरुद्ध २-० ले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानमाथि ३-० को जित निकालेको थियो । बंगलादेश दुई खेलमा ६ अंक सहित फाइनल प्रवेश गरिसकेको छ ।

शुक्रबार बंगलादेशले राउण्ड रोबिन चरणको अन्तिम खेलमा भुटानको सामना गर्नेछ । चार टोली सम्मिलित प्रतियोगिताको फाइनल खेल फाल्गुन २७ गतेका दिन हुनेछ ।

November 17, 2025

नर्वे विश्व कपमा छनोट, इटालीले फेरि प्ले अफ खेल्नुपर्ने

एजेन्सी – नर्वे फिफा विश्वकपका लागि छनोट भएको छ। नर्वेले २८ वर्षपछि विश्व कप खेल्ने भएको छ। एर्लिङ हालान्डले २ मिनेटको फरकमा २ गोल गरेपछि आइतवार इटालीलाई ४-१ ले हराउँदै नर्वेले विश्वकप स्थान पक्का गर्‍यो। नर्वेले बिहीवार एस्टोनियालाई हराएपछि विश्व कप छनोट लगभग पक्का गरेको थियो। इटालीले छनोट हुन नर्वेलालाई ९ गोलले जित्नुपर्ने बाध्यता थियो। […]

November 16, 2025

पोर्चुगल विश्वकपमा छनोट

एजेन्सी – पोर्चुगल आर्मेनियालाई ९-१ ले हराउँदै २०२६ को विश्व कप फुटबलको लागि भएको छ। पोर्चुगलका ब्रुनो फर्नान्डेस र जोआओ नेभेस दुवैले ह्याट्रिक गरे। अघिल्लो खेलमा आयरल्यान्डसँग पराजित भएपछि पोर्चुगललाई विश्व कप छनोट हुनका लागि आजको खेलमा जित्नै पर्ने थियो । आयरल्यान्डसँगको खेलमा रातो कार्डको सामना गरेका क्रिस्टियानो रोनाल्डो आजको खेलमा खेल्न पाएनन्। खेलको सुरुवातमै […]

November 16, 2025

लालीगुराँस र चित्लाङ एन्फा प्रेसिडेन्ट लिगको फाइनलमा

रविन्द्र वाईबा , हेटौंडा कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको चित्लाङ एफसी एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्। हेटौंडाको गौरीटार रंगशालामा आज भएको सेमिफाइनल खेलमा जित निकाल्दै समूह चरणमा एकै समूहमा रहेका लालीगुराँस र चित्लाङले एकअर्कासँगको भेट पक्का गरेका हुन्। पहिलो सेमिफाइनलमा लालीगुराँसले सुर्खेतको कार्केविहार युथ क्लबलाई २-० ले हरायो । लालीगुराँसका […]

Success

Thank you for your time.