default_image

5 months ago

March 10, 2024

प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी भिड्दै

1029 views

0 Bookmark

एजेन्सी – इंग्लिश प्रिमियर लिगमा उपाधि दाबेदार मध्यका दुई टोली लिभरपुल र म्यानचेस्टर सिटी आज भिड्दै छन् । खेल नेपाली समय अनुसार आज साँझ ९:३० बजे लिभरपुलको घरेलु मैदान एनफिल्डमा सुरु हुनेछ ।

यस पटक प्रिमियर लिगमा तीन टोली उपाधि दाबेदारका रूपमा ठडिएका छन् । त्यसैले आगामी खेलहरु निकै महत्वपूर्ण रहेका छन् । त्यसपछि दुई दावेदार बीचको खेल अझ बढी महत्वपूर्ण रहन्छ ।

लगातार ३ पटकको लिग विजेता सिटी यस पटक लिग जित्दै लगातार ४ लिग जित्ने पहिलो टोली बन्ने तरखरमा छ । लिभरपुल पनि पछिल्लो केही वर्षमा झै यसपटक पनि उपाधि जित्ने दाउमा रहेको छ ।

लिभरपुल २७ खेलमा ६३ अंक सहित दोस्रो स्थानमा छ । सिटी भने २७ खेलमा नै ६२ अंक सहित तेस्रो छ । आज जित निकाल्ने टोली भने शीर्ष स्थानमा उक्लिने छ ।

आर्सनल हिजो राती जित निकाल्दै शीर्ष स्थानमा रहेको छ । आर्सनलको २८ खेलमा ६४ अंक छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.