default_image

5 months ago

March 10, 2024

सेन्ट्रल कलेज भरतपुर च्याम्पियनसिपमा रामपुरको जित

241 views

0 Bookmark

सुशिल पन्त क्षेत्री ,चितवन
गोलकिपर सुनिल गुरुङको उत्कृष्ट प्रदर्शनमा सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपमा रामपुर एफसी रड्स विजयी भएको छ ।

आइतबार सम्पन्न खेलमा रामपुरले एभरेष्ट क्लबलाई निराश बनायो । प्रतिस्पर्धात्मक खेलमा रामपुरले एभरेष्टलाई सडन डेथमा पराजित गर्‍यो ।

त्यसअघि निर्धारित समय १-१ को बराबरीमा सकिएको थियो । अनिल राना मगरले २४ औं‌ मिनेटमा गोल गर्दै रामपुरलाई‌ अग्रता दिलाएका‌ थिए ।

पहिलो हाफमै एभरेष्टले बराबरी गोल फर्कायो । पहिलो हाफको इन्ज्युरी समयमा उत्कृष्ट फ्रिकिक गोल गर्दै कप्तान रोशन क्षेत्रीले एभरेष्टलाई खेलमा फर्काए ।

निर्धारित समयमा १-१ को बराबरीपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो। टाइब्रेकरमा पनि ४-४ को बराबरीपछि सडन डेथमा रामपुरले बाजि मार्‍यो ।

रामपुरका गोलकिपर सुनिल म्यान अफ दि म्याच भए । सहिद स्मृति प्रतिष्ठानकी अध्यक्ष संगीता भट्टराई र मुख्य प्रायोजक सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङका प्रिन्सिपल यज्ञ विलास पौडेलले ट्रफी प्रदान गरे ।

चितवन ११ फुटबल क्लबको आयोजनामा जारी प्रतियोगितामा सोमबार कैलाश युथ क्लब र एपिएफ भण्डारा भिड्नेछन् । खेल दिउँसो ३ बजे हुनेछ ।

चैत १० गतेसम्म चल्ने प्रतियोगितामा १२ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले ३ लाख ३ हजार तथा दोस्रो टोलीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.