default_image

5 months ago

March 11, 2024

लिभरपुल र म्यान्चेस्टर सिटीको बराबरी

1265 views

0 Bookmark

एजेन्सी – दुई महारथीको भिडन्तको रूपमा हेरिएको लिभरपुल र म्यानचेस्टर सिटी बीचको खेल बराबरीमा सकिएको छ । इंग्लिश प्रिमियर लिग अन्तर्गत लिभरपुलको घरेलु मैदान एनफिल्डमा आईतबार राती भएको खेल १-१ को बराबरीमा सकिएको हो ।

बराबरी सँगै दुवै टोलीले आर्सनललाई उछिनेर पहिलो स्थानमा उक्लिने मौका गुमाएका छन् । खेलको २३औं मिनेटमा जोन स्टोन्सको गोलको मद्दतमा सिटीले खेलमा अग्रता बनाएको थियो । केभिन डी ब्रुइनले खेलेको चतुर कर्नर किकमा स्टोन्सले गोल गर्दै खेलमा सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफको सुरुवातमै लिभरपुलले पेनाल्टी मार्फत बराबरी गर्ने अवसर पायो । गोलरक्षक एडर्शनले डार्विन नुनेज माथि फाउल गरेपछि पाएको पेनाल्टीमा एलेक्सिस मक्यालिस्टरले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

त्यसपछि पनि खेलमा निकै मौकाहरुमा दुवै टोली चुक्न पुगे । बराबरी पछि आर्सनल पहिलो स्थानमा यथावत रहेको छ । आर्सनलको २८ खेलमा ६४ अंक छ । समान २८ खेलमा ६४ अंक नै रहेको लिभरपुल गोल अन्तरका आधारमा दोस्रो छ ।

सिटीको भने २८ खेलमा ६३ अंक छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.