default_image

11 months ago

March 11, 2024

शिव शंकरलाई ग्रामीण पर्यटन कप फुटबल उपाधि

281 views

0 Bookmark

लमजुङ (हाम्रो खेलकुद) – आयोजक शिव शंकर युवा क्लब राइनासले नवौं संस्करणको ग्रामीण पर्यटन कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

लमजुङको ग्रामीण पर्यटकीय गाउँ राइनासकोटमा सोमबार भएको फाइनलमा स्थानीय प्रतिद्धन्द्धी क्लब तमु एकता युवा क्लब कुँडुलेलाई टाइब्रेकरमा २–१ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

निर्धारित समयमा १–१ गोलको बराबरीपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिइदा आयोजक शिव शंकरले बाजी मारेको हो ।टाइब्रेकरमा शिव शंकरका युनिक तामाङ, सुरज गुरुङले गोल गन सफल भए ।

तमु एकताका राज कुमार कुँवरले मात्रै गोल गर्न सफल रहँदा मनिष क्षेत्री र सरोज तितुङले गोल गर्न सकेनन् । यि दुवैको पेनाल्टीलाई शिव शंकरका गोलरक्षकले विफल पार्दै टोलीलाई च्याम्पियन बनाए ।

त्यसअघि राइनास नगरपालिका वडा नम्वर ९ स्थित राइनासकोटमा रहेको खेल मैदानमा खेलको १०औं मिनेटमा सुरज गुरुङकै गोलबाट शिव शंकरले अग्रता लिन सफल भएको थियो ।

तर, शिव शंकरले त्यो अग्रतालाई खेलको अन्तिम समयसम्म जोगाउन सकेनन् । ४७औं मिनेटमा राज कुमार कुँवरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल टाइब्रेकरमा लम्विन पुगेको थियो ।

उपाधिसँगै शिव शंकरले १ लाख ११ हजार १ सय ११ रुपैयाँसँगै कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको तमु एकताले ५५ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल र प्रमाणपत्र हात पारेको छ ।

राइनास नगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगितामा विभिन्न २६ टोलीले नक आउटका आधारमा प्रतिस्पर्धा गरेका थिए । शिव शंकर युवा क्लबले महाशिवरात्री पर्वको अवसरमा हरेक वर्ष राइनासकोट खेल मैदानमा प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।

सेभेन ए साइडको उक्त फुटबल प्रतियोगिता २२ फागुनबाट शुरु भएको थियो । गत वर्ष सप्तकन्या युवा क्लव बगुवाले उपाधि जितेको थियो ।

January 21, 2025

अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकप फाइनल – चर्च ब्वाइज र झापा ११ खेल्दै

हिमाल खरेल, बिर्तामोड नेपालका दुई क्लबबिच भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको फाइनलमा आज प्रतिस्पर्धा हुँदैछ । सिक्किमको जोरथाङ रंगशालामा आज दिउँसो २ बजे सुरु हुने उपाधि भिडन्तमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन क्लब चर्च ब्वाइज युनाइटेड र झापा ११ एफसी खेल्दैछन् । क्वार्टर फाइनलमा कोलकताको जर्ज टेलिग्राफ स्पोर्टस् क्लबलाई […]

January 21, 2025

चेल्सी चौथो स्थानमा उक्लियो

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमवार जित हासिल गरेको छ । चेल्सीले वुल्भ्सलाई ३-१ ले हराएको थियो। चेल्सीका लागि टोसिन अदाराबिओयो, मार्क कुकुरेया , नोनी मडुकेले समान १ गोल गरे । वुल्भ्सका म्याट डोहर्टीले एक गोल फर्काए । २४ औं‌ मिनेटमा अदाराबिओयोको गोलबाट चेल्सीले अग्रता लियो। पहिलो हाफको इन्ज्युरी समयमा डोहर्टीले गोल फर्काए। कुकुरेयाको […]

January 20, 2025

एपिएफसँग पुलिस फेरि पराजित

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको सातौं खेलमा पनि एपिएफ फुटबल क्लबले विजय यात्रालाई जारी राखेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमवार भएको खेलमा शीर्ष टोली एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ २-० ले हराएको छ। एपिएफका लागि रश्मि‌कुमारी घिसिङ र अनिता केसीले गोल गरे। दुवै गोल हेडमा भएको थियो। दुवै गोलमा […]

Success

Thank you for your time.