default_image

5 months ago

March 12, 2024

अल नासर च्याम्पियन्स लिगबाट बाहिरियो

4375 views

0 Bookmark

एजेन्सी – साउदी प्रो लिग क्लब अल नासर एएफसी च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ । युनाइटेड अरब इमिरेट्सको अल एइनसँग टाइब्रेकरमा ३–१ ले पराजित हुँदै अल नासर अन्तिम आठबाट बाहिरिएको हो ।

दोस्रो लेगमा ४–३ को जित निकालेपनि समग्रमा ४–४ गोलको बराबरीपछि खेल अतिरिक्त समय हुँदै टाइब्रेकरमा लम्बिएको थियो । पहिलो लेगमा अल नासर १–० ले पराजित भएको थियो ।

टाइब्रेकरमा अल एइनका सोउफिएन रहिमी, काकु र सुल्तान अल साम्सीले गोल गर्दा अल नासरका क्रिष्टियानो रोनाल्डोले मात्रै गोल गर्न सफल भए । मार्सेलो ब्रोजोभिच, एलेक्स टेलास र ओटाभियोले गोल गर्न सकेन् ।

अल नासरको मैदान अल अवाल पार्क किङ साउद युनिभर्सिटी रियादमा सोमबार राति भएको खेलमा अल एइनका सोउफिएन रहिमीले दुई तथा सुल्तानले एक गोल गरे । अल नासरका अब्दुलरहमान घारिव, एलेक्स टेलास र रोनाल्डोले गोल गर्दा एक गोल उपहार पाएको थियो ।

खेलको २८औं मिनेटमा सोउफिएन रहिमीले गोल गर्दै अल एइनलाई दोस्रो लेगमा १–० को अग्रता दिलाए । ४५औं मिनेटमा सोउफिएन रहिमीले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरे । पहिलो हाफको इन्जयुरी समयको थप गरिएको पाँचौ मिनेटमा अब्दुलरहमान घारिवले गोल गर्दै खेललाई २–१ स्थितिमा ल्याए ।

५१औं मिनेटमा खालिद इसाले आत्मघाती गोल गरेपछि खेल २–२ गोलको बराबरीमा पुग्यो । ७२औं मिनेटमा एलेक्स टेलासले गोल गर्दै अल नासरलाई ३–२ ले अघि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा लम्बियो ।

९८औं मिनेटमा अल नासर १० खेलाडीमा समेटिन पुग्यो । एमन अहमेद सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । १०३औं मिनेटमा सुल्ताले गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए ।

११८औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै अल नासरलाई ४–३ को जित दिलाए । तर, यो जितले पनि अल नासर अघिल्लो चरणमा पुग्न पर्याप्त रहेन ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.