default_image

5 months ago

March 12, 2024

नेपालले दुवै खेल बहराइनमा खेल्ने

718 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र बहराइनबीच हुने फिफा विश्वकप र एएफसी एसियन कप छनोटको दुवै खेल बहराइनमै हुने पक्का भएको छ । होम एण्ड अवेका आधारमा छनोट खेल हुने भएपनि दशरथ रंगशाला खेलाउन लायक नभएपछि दुवै खेल बहराइनमा हुन लागेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले दुवै खेल बहराइनमा हुने आफ्नो सामाजिक सन्जालमार्फत सार्वजनिक गरेको छ । पूर्व निर्धारित खेल अनुसार नेपाल र बहराइनबीचको पहिलो खेल दशरथ रंगशालामा चैत ८ गते र दोस्रो लेग चैत १३ गते हुनुपर्ने थियो । सोही मितिमा अब दुवै खेल बहराइन नेसनल स्टेडियममा हुने एन्फाले जनाएको छ ।

यसै महिना एसियाली फुटबल महासंघका प्रतिनिधिले दशरथ रंगशालाको निरीक्षण गरेपछि त्यहाँ खेल हुन नसक्ने प्रतिवेदन बुझाएका थिए । बहराइन जानुअघि नेपाली टोलीले मलेसियामा अन्तिम तयारी गर्ने भएको छ । त्यसका लागि एन्फाले मंगलबार टोलीको बिदाई समेत राखेको छ ।

समयमा दरशथ रंगशाला उपलब्ध नभएको कारण मैदान तयार पार्न नसकेको बहाना गर्दै आएको एन्फा आफैले अन्य कार्यक्रमका लागि मैदान उपलब्ध गराइदिन राखेपलाई सिफारिस गरेको पत्र सार्वजनिक भएको छ।

पुस १४ गते एन्फा सहायक महासचिव अरुणमान जोशीले माघ २१ गतेदेखि फागुन ८ सम्म दरथ रंगशाला नेपाल ओलम्पिक कमिटी अन्तर्गत रहेको स्पोर्टस फर अल कमिसनले आयोजना गरेको प्रि स्कुलका बालबालिकका लागि विन्टर ओलम्पिक कार्यत्रक्रमलाई उपलब्ध गराइदिन सिफारिस गरेका थिए ।

त्यस्तै एन्फा महासचिव किरण राईले फागुन १५ गते राखेपलाई पत्रचार गर्दै केपी ओली कप फुटबलको सेमिफाइनल र फाइनल खेलका लागि दशरथ रंगशाला उपलब्ध गराउन सिफारिस गरेका थिए ।

महासचिव राईले नै फागुन १७ गते अर्को पत्र लेख्दै विश्व मृगौला दिवसको उपलक्ष्यमा चैत १ गते आयोजना हुने १४ औं नेपाल प्रत्यारोपण खेलकुद प्रतियोगिता सन्चालनका लागि दशरथ रंगशाला उपलब्ध गराउन सिफारिस गरेका थिए ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.