10 months ago
March 14, 2024
सुशिल पन्त क्षेत्री, चितवन
पेनाल्टी सुटआउटमा गोलकिपर किशोर कोइराला नायक बनेपछि घैरुङ एफसी सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको दोस्रो क्वाटरफाइनलमा पेङ्गुइन भरतपुर २४ लाई पेनाल्टी सुटआउटमा ३–१ ले हराउँदै घैरुङ अन्तिम चारमा पुगेको हो । टाइब्रेकरमा घैरुङका गोलकिपर किशोरले भरतपुर २४ का दुई खेलाडीको प्रहार असफल बनाएका थिए भने अर्का खेलाडीको प्रहार बारमा लगेको थियो ।
त्यसअघि निर्धारित समयमा १–१ को बराबरी भएको थियो । भरतपुरले खेलमा अग्रत्ता लिए पनि जोगाउन सकेन । खेलको १५ औं मिनेटमा मनिष गिरीले सुन्दर फ्रि किकमा गोल गर्दै भरतपुरलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा नै घैरुङ खेलमा फर्कियो । ३० औं मिनेटमा सन्जय श्रेष्ठले बराबरी गोल फर्काए ।सुरेश कुमालको क्रसमा सन्जयले सुन्दर हेडर गोल गरे । घैरुङका गोलकिपर किशोर म्यान अफ दि म्याच भए ।
घैरुङले अब फाइनल प्रवेशका लागि चैत ६ गते सेन्ट्रल कलेज २८ बिगाको सामना गर्नेछ । २८ बिगा यसअघि पहिलो क्वाटरफाइनलमा हेटौंडा फुटबल एकेडेमीलाई हराउँदै सेमिफाइनलमा पुगिसकेको छ ।
चितवन ११ फुटबल क्लबको आयोजनामा जारी प्रतियोगितामा शुक्रबार तेस्रो क्वाटरफाइनल खेल हुनेछ । तेस्रो क्वाटरफाइनलमा रामपुर एफसी रड्स र आबुखैरहनी गाउँपालिका भिड्नेछन् । खेल दिउँसो ३ बजे हुनेछ ।
चैत १० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ३ लाख ३ हजार र दोस्रो हुने टोलीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
January 12, 2025
हिमाल खरेल ,बिर्तामोड झापा ११ एफसीले भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपमा विजयी सुरुवात गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको प्रतियोगितामा भारत पश्चिम बंगालको जिटिए दार्जिलिङलाई टाइब्रेकरमा हराउँदै झापा ११ क्वार्टर फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा खेल १-१ गोलको बराबरीमा टुंगिएपछि निर्णयका लागि टाइब्रेकरको सहारा लिइएको थियो […]
January 12, 2025
सुमन अधिकारी,बुटवल रुपन्देहीको फर्साटिकरमा जारी शुद्धोधन गाउँपालिका १२ औं फर्साटिकर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अन्तिम क्वाटरफाइनलमा शनिवार बुटवलको गोर्खा ब्वाइज क्लबले भारत आसामको इन्टर नर्थ इष्ट एफसीलाई ५-१ ले हराएपछि सेमिफाइनल समीकरण पूरा भएको हो। गोर्खा ब्वाइजको जितमा फागुराम थारुले २, निशान्त न्यौपाने, सन्दीप केसी र मनिष तामाङले समान १ […]
January 12, 2025
एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ । शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल […]