default_image

4 months ago

March 14, 2024

बागलुङ सुधार र श्रीमेहर गण फाइनलमा

399 views

0 Bookmark


अर्जुन कार्की, बागलुङ

बागलुङ सुधार केन्द्र र श्रीमेहर गण दोस्रो अर्ना जेसीज कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।

बिहिबार भएको सेमिफाइनलमा बागलुङ सुधारले वरदान निउरेको निर्णायक गोलमा रुद्रेपिपल युवा क्लबलाई २–१ ले हराउँदै फाइनलमा पुगेको छ । विदेशी खेलाडी साम्बो ओस्कारले ४७ औं मिनेटमा बागलुङ सुधारका लागि गोल गरे । आशिष केसीकौ फ्रिकिकमा ओस्कारले गोल गरेका हुन् ।

रुद्रेपिपलका अभिषेक गुरुङले ५७ औं मिनेटमा बराबरी गोल गरे । अभिषेकले विपक्षी गोलकिपर र दुई डिफेन्डरलाई विट गर्दै बराबरी गोल गरेका हुन् । खेलको ८० औं मिनेटमा वरदानले ओस्कारको पासमा गोल गर्दै टोलीलाई जित दिलाए ।

नेपाली सेनाको श्रीमेहर गणले रामशरण चौधरीको निर्णायक गोलमा आदर्श स्पोर्टस् क्लबलाई २–१ ले हराउँदै अन्तिम दुईमा पुगेको थियो । दोस्रो मिनटेमा प्रकाश निरौलाको गोलमा श्रीमेहरले अग्रता लियो ।

१९ औं मिनेटमा आदर्शका सुरेन्द्र गुरुङले बराबरी गोल गरे । ७९ औं मिनेटमा श्रीमेहरका रामशरणको गोल निर्णायक ब्रन्यो । फाइनल शुक्रबार हुने आयोजक बागलुङ जेसीजका अध्यक्ष गणेश महतोले बताए ।

प्रतियोगिताको विजेता टोलीले १ लाख ५५ हजार ५ सय ५५ र दोस्रो हुने टोलीले ७५ हजार ५ सय ५५ रुपैयाँसहित प्राप्त गर्नेछ । सेमिफाइनलमा पराजित दुई टोलीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.