11 months ago
March 15, 2024
एजेन्सी – इंग्लिस क्लब लिभरपुल युरोपा लिगको क्वाटरफाइनल प्रवेश गरेको छ।
बिहीबार दोस्रो लेगमा स्पर्टा प्रागलाई ६-१ ले हराउँदै लिभरपुल समग्रमा ११-२ को अग्रतासहित अन्तिम ८ पुगेको हो ।
पहिलो लेगमा लिभरपुल ५-१ ले विजयी भएको थियो। दोस्रो लेगमा लिभरपुलको जितमा कोडी गोक्पाले २, डार्विन नुनेज, क्लार्क, सलाह र सोबोस्जाईले समान १ गोल गरे। प्रागका बिरमानसेभिकले १ गोल गरेका थिए
।बिहीबार अन्य खेलमा रेन्जर्सलाई १-० ले पराजित गर्दै समग्रमा ३-२ को अग्रतासहित बेन्फिका क्वाटरफाइनलमा पुगेको छ। बायर लेभरकुसन, रोमा, एसी मिलान, मार्सेली, एट्लान्टा र वेस्टह्याम पनि अन्तिम ८ मा पुगेका छन्।
February 12, 2025
एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जेर्मन(पिएसजी), जर्मन क्लब बुरुसिया डर्टमुन्ड र इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिगको प्लेअफको पहिलो लेग खेलमा बुधवार जित हात पारेका छन् । पिएसजीले अर्को फ्रान्सेली क्लब ब्रेस्टलाई ३-० ले पराजित गर्यो । ब्रेस्टको घरेलु मैदानमा भएको खेलमा पिएसजीको जितमा ओस्मान डेम्बेलेले २ र भिटिन्हाले १ गोल गरे । भिटिन्हाले २१औं […]
February 12, 2025
एजेन्सी – स्पेनिस क्लब रियल मड्रिडले इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीमाथि च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा रोमाञ्चक जित निकालेको छ । रियलले बुधवार सिटीमाथि ३-२ को जित निकालेको हो । दुई पटक खेलमा पछि परेर पनि रियल नतिजा उल्टाउन सफल भयो। सिटीको मैदानमा भएको खेलमा रियलको जितमा किलियन एमबाप्पे, ब्राहिम डियाज र जुड बेलिंघमले समान गोल […]
February 11, 2025
हिमाल खरेल, बिर्तामोड अर्जुनधारा नगरपालिकाको टोली अप्रत्यासित नतिजा निकाल्दै झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबलको सेमिफाइनलमा पुगेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो क्वाटरफाइनलमा झापा गाउँपालिकालाई १६-० गोलको वर्षा गर्दै अर्जुनधाराले अन्तिम चारमा पुगेको हो । एक पक्षीय खेलमा अर्जुनधाराका लागि जेनिफर मगर एक्लैले ५ गोल गरिन् । त्यस्तै, […]