default_image

4 months ago

March 15, 2024

नेपाल र मलेसिया खेल्दै

4166 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बहराइन विरुद्ध बहराइनमै हुने फिफा विश्वकप छनोट खेलको तयारीका लागि नेपाली पुरुष फुटबल टोलीले आज मलेसियाको सामना गर्नेछ । खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे शाह आलम स्थित यूनिवर्सिटी टेक्नोलोजी मारा स्टेडियममा सुरु हुनेछ ।

खेल अनौपचारिक रूपमा बन्द स्टेडियममा हुने भएकाले समर्थकलाई प्रवेश खुला गरिएको छैन । यस्तै खेलको प्रतक्ष्य प्रसारण समेत नहुने एन्फाले जनाएको छ ।

नेपाली टोली बिहीबार नै मलेसिया प्रस्थान गरिसकेको छ । बंगलादेश हुँदै नेपाली टोली मलेसिया पुगेको हो । खेलाडी र प्रशिक्षक बाहेक १० जना पदाधिकारीको टोली समेत मलेसियामा रहेको छ ।

आयुष घलान, गोलकिपर दीप कार्कीलगायतका खेलाडी बन्द प्रशिक्षणमा नै सामेल नभएपछि ६ नयाँ खेलाडीलाई समेट्दै मंगलबार टोलीको घोषणा भएको थियो । यसरी पहिलो पटक टोलीमा समेटिएकामा अजय चौधरी, अभिषेक लिम्बु, सौभाग्य राई (सन्जित) , विशाल बस्नेत, रोहन कार्की र समिर तामाङ छन् । भरत खवासले टोलीमा पुनरामगन गरेका छन् । प्रारम्भिक टोली मै नभएका भरत, सौभाग्य र अभिषेकलाई २३ सदस्यीय समेटिएको हो ।

नेपाल र बहराइनबीच हुने फिफा विश्वकप र एएफसी एसियन कप छनोटको दुवै खेल बहराइनमै हुने पक्का भइसकेको छ । होम एण्ड अवेका आधारमा छनोट खेल हुने भएपनि दशरथ रंगशाला खेलाउन लायक नभएपछि दुवै खेल बहराइनमा हुन लागेको हो ।

नेपाली फुटबल टोली

गोलकिपर – किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार

डिफेन्डर – अभिषेक लिम्बु, अजय चौधरी, अनन्त तामाङ, छिरिङ लामा, सनिश श्रेष्ठ, सौभाग्य राई (सन्जित), सुमित श्रेष्ठ

मिडफिल्डर – भरत खवास, विशाल बस्नेत, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, उत्सव राई

फरवार्ड – अन्जन विष्ट, दीनेश हेन्जन, हिसुब थपलिया, समिर तामाङ, सन्जिव विष्ट, जिलेस्पी जंग कार्की

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.