default_image

4 months ago

March 17, 2024

मुसिएला चम्कँदा बायर्नको सानदार पूनरागमन जित

291 views

0 Bookmark

एजेन्सी – विंगर जमल मुसिएलाले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि बायर्न म्युनिखले सानदार पूनरागमन जित निकाल्दै जर्मन बुन्डेस लिगाको शीर्षस्थानमा रहेको बायर लिभरकुसनसँगको अंक दुरी छोट्याएको छ ।

बायर्नले एक गाेलले पछि परेकाे स्थितिमा पुछारमा रहेको एसभी ड्राम्सटाडमाथि ५–२ को सानदार पूनरागमन जित निकाल्दै लिभरकुसनसँगको अंक दुरी ७ मा मा झारेको छ । यद्दपि अपराजित रहेको लिभरकुसनले एक खेल कम खेलेको छ ।

बायर्नको जितमा जमल मुसिएलाले दुई तथा ह्यारी केन, सर्ज नाब्री र म्याथिज टेलले समान एक गोल गरे । ड्राम्सटाडका टिम स्कार्क र ओस्कार भिल हेल्मसनले गोल फर्काए ।

ड्राम्सटाडमा शनिबार राति भएको खेलको २८औं मिनेटमा टिम स्कार्कको गोलबाट बायर्न खेलमा पछि परेको थियो । ३६औं मिनेटमा मुसिएलाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएपछि बायर्न खेलमा फर्कियो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा ह्यारी केनले गोल गर्दै बायर्नलाई खेलमा २–१ को अग्रता दिलाए ।

६४औं मिनेटमा मुसिएलाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि बायर्नले खेलमा ३–१ को अग्रता लिएर सहज जिततर्फ अग्रसर बन्यो । बायर्न यतिमै रोकिएन । ७४औं मिनेटमा सर्ज नाब्रीले गोल गर्दै बायर्नलाई खेलमा ४–१ ले अघि बढाए ।

इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा म्याथिजले गोल गर्दै बायर्नलाई ५–१ ले अघि बढाए । इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा ओस्कार भिलहेल्मसनले गोल गर्दै खेललाई ५–२ को स्थितिमा ल्याए ।

यस जितल बायर्नको २६ खेलबाट ६० अंक पुगेको छ । एक खेल कम खेलेको लिभरकुसनको ६७ अंक छ । पराजित एसभी ड्राम्सटाड १३ अंक जोडेर पुछारमा छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.