1 year ago
March 17, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्परले हार बेहोरेको छ । टोटेनहम घरेलु टोली फुलहमसँग ३–० ले पराजित भएको हो । घरेलु टोली फुलहमको जितमा रोड्रिगो मुनिजले दुई तथा सासा लुकिकले एक गोल गरे ।
क्राभेन कटेज लन्डनमा शनिबार राति भएको खेलको ४२औं मिनेटमा रोड्रिगो मुनिजले गोल गर्दै फुलहमलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । उनले एन्टोनी रोविन्सनको पासमा गोल गर्न सफल भएका थिए ।
४९औं मिनेटमा सासाले गोल गर्दै फुलहमको अग्रता दोब्बर पारे । उनले टिमोथी कास्टाग्नेको पासलाई सदुपयोग गरे । त्यसपछि ६१औं मिनेटमा रोड्रिगोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै फुलहमको सानदार जित पक्का गरे ।
घरेलु टोलीविरुद्ध टोटेनहमले बल पोसेसन राख्दै दवाव बढाएपनि फुलहमको बलियो रक्षापङ्ति तोड्न नसक्दा पराजित हुन पुग्यो । यता, फुलहमले पाएको अवसरमा कमजोर रक्षापङ्तिको फाइदा उठाउँदै गोल गर्न सफल भयो ।
यस जितले फुलहम २९ खेलबाट ३८ अंक जोडेर १२औं स्थानमा यथावत छ । पराजित टोटेनहम ५३ अंक जोडेर पाँचौं स्थानमा रहँदा चौथो स्थानमा उक्लने मौका गुमाएको छ ।
प्रिमियर लिगकै अर्काे खेलमा बर्नलेले ब्रेन्टफर्डलाई २–१ ले पराजित गर्दा लुटोन र नटिङहम फरेस्टले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
June 14, 2025
एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यसै वर्षदेखि नयाँ ढंगले सुरु गर्न लागेको फिफा क्लब विश्वकप शनिबार सुरु हुँदैछ । अमेरिकामा हुने प्रतियोगिताको पहिलो खेल नेपालमा भने स्थानीय समयअनुसार आइतबार विहान ५:४५ बजे सुरु हुनेछ । उद्घाटन खेलमा अल अहली र इन्टर मायमी खेल्नेछन् । सन् २००० देखि फिफाले हरेक वर्ष महादेशीय क्लब प्रतियोगिताको […]
June 14, 2025
एजेन्सी – रियल म्याड्रिडले अर्जेन्टिनाका लागि प्रतिस्पर्धात्मक खेलमा खेलेका सबैभन्दा कान्छा खेलाडी फ्राङ्को मस्तान्तुओनोलाई रिभर प्लेटबाट अनुबन्ध गरेको छ। १७ वर्षीय मस्तान्तुओनोको रिलिज क्लज सक्रिय गरेपछि रिभर प्लेटले ४५ मिलियन युरो प्राप्त गर्ने बताइएको छ। त्यो क्लबको लागि नयाँ कीर्तिमान हो। अट्याकिङ मिडफिल्डर मस्तान्तुओनोले पछिल्ला दुई सिजनमा रिभर प्लेटको पहिलो टोलीमा नियमित रुपमा खेल्दै आइरहेका […]
June 13, 2025
एजेन्सी – म्यानचेस्टर सिटी छाडेका केभिन डे ब्रुइनलेइटालियन क्लब नापोलीमा आबद्ध भएका छन्। बेल्जियमका मिडफिल्डर डे ब्रुइनले प्रिमियर लिग सिजनको अन्त्यसँगै सिटी छाडेका थिए। इटालियन च्याम्पियन नापोलीमा एन्टोनियो कोन्टे प्रमुख प्रशिक्षक छन् । उनले चेल्सी र टोटनहमको पनि नेतृत्व गरिसकेका छन्। इटालीमा फ्रि ट्रान्सफरमार्फत गएका डे ब्रुइनले मेजर लिग सकर क्लब सिकागो फायरको प्रस्ताव अस्वीकार […]