default_image

4 months ago

March 20, 2024

राष्ट्रिय महिला टोलीलााई १० लाख हस्तान्तरण

981 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साउदी अरबमा डेढ दशकदेखि बस्दै आएका बुटवल उपमहानगरपालिका ११ का यम बहादुर गुरुङ (यम तमु) ले महिला राष्ट्रिय फुटबल टोलीलाई पठाएको १० लाख रुपैयाँ बुधबार खेलाडीलाई वितरण गरिएो छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला फुटबल संघले कार्यक्रमको आयोजना गर्दै यम तमुबाट रकमसहित खेलाडीलाई सम्मान गरिएको थियो ।

साउदीमा फागुन १६ गते भएको वाफ च्याम्पियनसिपको फाइनलमा हेर्न पुगेका तमुले खेलाडीको उच्च प्रदर्शनबाट आफू प्रभावित भएको जनाउँदै महिला टोलीलाई एक मुष्ट १० लाख रुपैयाँ रकम दिने घोषणा गरेका थिए ।

उनले एन्फा केन्द्रिय सदस्य समेत रहेकी महिला संघकी अध्यक्ष एवंम राष्ट्रिय खेलकुद परिषद्की सदस्य पेमा डोल्मा लामालाई रकम पठाएका थिए ।

लामा र तमुकी श्रीमती उमा गुरुङले खेलाडीलाई रकम हस्तान्तरण गरेका थिए । २३ खेलाडीले जनही ४३ हजार ४ सय ७८ रुपैयाँ प्राप्त गरे । त्यस्तै गुरुङले टोलीका प्रशिक्षक, व्यवस्थापक र अन्य अफिसियललाई जनही २० हजार रुपैयाँ प्रदान गरेकी थिइन् ।

सोही अवसरमा तमुलाई राष्ट्रिय टोलीका खेलाडीले हस्ताक्षर गरेको जर्सी, बल र प्रशंसा पत्र उनकी श्रीमती गुरुङलाई हस्तान्तरण गरिएको थियो ।

जोर्डनसँगको फाइनलमा नेपाल पेनाल्टी सुटआउटमा ५–३ ले पराजित भएको थियो । निर्धारित समयमा फाइनल २–२ बराबरी भएको थियो । त्यसअघि सेमिफाइनलमा लेबनानलाई २–१ ले हराएको नेपालले समूह चरणमा इराकलाई ५–०, सिरियालाई ४–१ र प्यालेस्टाइनलाई ४–० ले हराएको थियो ।

खेलाडीको तर्फबाट अमृता जेैसीले वाफ च्याम्पियनसिपमा राष्ट्रिय महिला फुटबल टोलीको प्रर्दशनबाट प्रभावित भएर हामीलाई नगदसहित सम्मान गर्नुभएको यम तमु र उनको परिवारलाई धन्यवाद दिइन् । अमृताले भनिन्, भविष्यमा राम्रो प्रदर्शन गर्दै उपाधि दिलाउनका लागि यो सम्मानले होसला मिलेको छ ।’

१५ वर्षदेखि साउदी बस्दै आएका तमुले ५ वर्षदेखि साउदीको रियादमा लालीगुरास नेपाली रेष्टुरेन्ट सन्चालन गर्दै आएका छन् । महिला टोलीले जसरी प्रतियोगिता खेल्यो त्यो स्तरीय थियो । हामी सबैले हौसला बढाउनु पर्दछ भन्ने ठान्दछु,’ रकम पठाउने क्रममा तमुले भनेका थिए ,‘म यहाँ पनि अन्य समाजिक काममा पनि संलग्न छु । महिला टोलीका खेलाडीलाई सहयोग गर्न पाउँदा खुसी छु । ’

कार्यक्रममा साउदी बस्दै आएका राजु सैयद नेपाली काम गर्न मात्र गर्न जान्छन् भन्ने सोचलाई महिला फुटबल खेलाडीहरुले खेल्न र जित्न सक्छन् भनेर प्रमाणित गरेकोमा धन्यवाद दिन्छौं। सैयदले यम तमु साउदीमा अप्ठेरो परेकालाई सहयोग गर्दै आएको जानकारी दिए‌।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.