10 months ago
March 23, 2024
एजेन्सी – दक्षिण अमेरिकी राष्ट्र कोलम्वियाले युरोपेली राष्ट्र स्पेनमाथि ऐतिहासिक जित दर्ता गरेको छ । लन्डन स्टेडियम लन्डनमा शुक्रबार राति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कोलम्वियाले स्पेनलाई १–० ले पराजित गर्दै ऐतिहासिक जित निकालेको हो ।
कोलम्वियाले पहिलोपटक कुनै पनि खेलमा स्पेनलाई हराएको हो । यसअघि कोलम्वियाले स्पेनलाई हराउन सकेको थिएन । खेलमा कोलम्वियालाई ऐतिहासिक जित दिलाउन दोस्रो हाफमा ड्यानियल मुनोजले गरेको गोल नै निर्णायक बन्यो ।
इंग्लिस क्लब क्रिस्टल प्यालेसका डिफेन्डर मुनोजले ६१औं मिनेटमा गोल गर्न सफल भएका थिए । उनले लुइस डियाजको पासमा गोल गर्न सफल भएका थिए ।
खेलको पहिलो हाफ भने स्पेनको पक्षमा रहेको थियो । तर, गोल गर्न भने चुकिरहेको थियो । कोलम्वियाका गोलरक्षक कामिलो भर्गासले स्पेनको आक्रमणलाई विफल पारेका थिए । नवौं मिनेटमा मिकेल मेरिनोको फ्रि हेडर फार पोस्टमा जाँदा स्पेन अग्रता लिनबाट चुक्यो ।
१९औं मिनेटमा स्पेनका एलेहान्द्रो ग्रिमाल्डोको क्रसमा भिभिएनको हेडर क्रसबारबाट थोरै बाहिरियो । २१औं मिनेटमा कोलम्वियाले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । ४९औं मिनेटमा मेरिनोको प्रहारलाई भर्गासले उत्कृष्ट बचाउँ गर्दा स्पेनले अग्रता लिन सकेन ।
५७औं मिनेटमा मुनोजको लामो प्रहार क्रसबारमा लागेर फर्कदा रेमिरोले पनि अवसर सदुपयोग गर्न सकेन । ५९औ मिनेटमा हामेस रोड्रिग्वेजले सुवर्ण अवसर खेर फाल्दा कोलम्विया अग्रता लिनबाट चुक्यो । गोलरक्षक भर्गासले फालेको लामो बललाई लुइस डियाजले नियन्त्रणमा लिदै दिएको पासमा रोड्रिग्वेजको प्रहार क्रसबारबाट थोरै बाहिरियो ।
६१औं मिनेटमा मुनोजले गोल गर्दै कोलम्वियालाई १–० को अग्रता दिलाए । ७०औं मिनेटमा स्पेन बराबरीबाट चुक्यो । पेड्रो पोरोको प्रयास साइड नेटिङ हुन पुग्यो । ८७औं मिनेटमा मुनोजको हाफ भली प्रहार सिधै गोलरक्षक एलेक्स रेमिरोको हातमा पुग्यो । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा मेरिनोको प्रहार बाहिरिदा स्पेन बराबरीबाट चुक्यो ।
स्पेनले सन् २०१६ पछि पहिलोपटक मैत्रीपूर्ण खेलमा पराजित पराजय भोगेको हो । सन् २०१६ को जुनमा स्पेनले जर्जियासँग हार बेहोरेको थियो ।
कोलम्वियाविरुद्धको खेलमा स्पेनका प्रशिक्षक लुइस डि ला फुन्टेले तीन युवा खेलाडीलाई सिनियर टोलीमा डेब्यु प्रदान गरे । बार्सिलोनाका १७ वर्षीय युवा डिफेन्डर पाउ कुवारसीसँगै रियल सोसिडाडका गोलरक्षक एलेक्ु रेमिरो र एथलेटिको बिल्वाहोका ड्यानियल भिभियनले स्पेनको सिनियर टोलीमा डेब्यु पाए ।
January 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत आज बागमती युथ क्लबले त्रिभुवन आर्मी क्लबको समाना गर्दैछ। आर्मी जारी लिगमा बागमतीलाई तेस्रो पटक दाउमा रहनेछ। आर्मीले दोस्रो चरणमा बागमतीलाई ३-० शुन्य र अन्तिम चरणको पहिलो लेगमा भने २-० ले हराएको थियो। पछिल्लो जितमा विमला बिक र सपना लामाले गोल गरेका थिए। विभागीय टोली आर्मी, […]
January 13, 2025
एजेन्सी – रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि जितेको छ । साउदी अरबमा आइतवार स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोनासँग रियल ५-२ ले पराजित भएको हो । यसअघि अक्टोबरमा स्पेनिस ला लिग एल क्लासिकोमा पनि बार्सिलोनाले रियललाई ४-० ले हराएको थियो । बार्सिलोनाको जितमा राफिन्हाको २ , लामिन यमल, रोबर्ट लेवान्डोस्की र एलेजान्ड्रो बाल्डेको […]
January 12, 2025
हिमाल खरेल ,बिर्तामोड झापा ११ एफसीले भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपमा विजयी सुरुवात गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको प्रतियोगितामा भारत पश्चिम बंगालको जिटिए दार्जिलिङलाई टाइब्रेकरमा हराउँदै झापा ११ क्वार्टर फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा खेल १-१ गोलको बराबरीमा टुंगिएपछि निर्णयका लागि टाइब्रेकरको सहारा लिइएको थियो […]