default_image

4 months ago

March 27, 2024

स्पेन र ब्राजिलको रोमाञ्चक बराबरी

2696 views

0 Bookmark

एजेन्सी – स्पेन र ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा रोमाञ्चक बराबरी खेलेका छन् । स्पेन र ब्राजिलले ३–३ गोलको रोमाञ्चक बराबरी खेलेका हुन् ।

ब्राजिलले खेलमा दुईपटक पछि परेको स्थितिमा घरेलु टोली स्पेनलाई रोक्न सफल हुँदा स्पेनले आफ्नो अग्रतालाई जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।

सान्टियागो बर्नबेउ मड्रिड स्पेनमा मंगलबार राति भएको खेलमा घरेलु टोली स्पेनका लागि रोड्रीले दुई तथा ड्यानी ओल्मोले एक गोल गरे । ब्राजिलका रोड्रिगो, एन्ड्रिक र लुकास पाक्वेटाले बराबरी गोल फर्काए ।

स्पेनलेको खेलको १२औं मिनेटमा रोड्रीको गोलबाट अग्रता लिन सफल भयो । पेनाल्टी बक्समा लमिन यमललाई जोआओ गोमेजले फउल गरेपछि रेफ्रीले सिधै पेनाल्टी प्रदान गर्दा रोड्री चुकेनन् । १८औं मिनेटमा ब्राजिल बराबरीबाट चुक्यो ।

भिनिसियस जुनियरको प्रहार सिधै स्पेनका गोलरक्षक युनाई सिमोनको हातमा पुग्यो । ३६औं मिनेटमा ड्यानी ओल्मोले गोल गर्दै स्पेनको अग्रता दोब्बर पारे । यमलको पासमा पेनाल्टी बक्समा दुई डिफेन्डरलाई बिट गर्दै ओल्मोले सुन्दर फिनिस गर्दा ब्राजिली गोलरक्षक बेन्टोले रोक्न सकेनन् ।

४०औं मिनेटमा रोड्रिगोले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । स्पेनका गोलरक्षक सिमोनको गम्भीर गल्तीमा रोड्रिगोले उनलाई पनिस गर्न सफल भए । रोड्रीबाट आएको पासलाई उनले आफ्नो अर्का सहयात्रीलाई दिने क्रममा बल रोड्रिगोको खुट्टामा पुग्दा उनले खाली पोस्टमा गोल गर्न सफल भए ।

४१औं मिनेटमा रोड्रीको सशक्त प्रहारलाई ब्राजिलका गोलरक्षक बेन्टोले बचाए । ५०औं मिनेटमा परिवर्तित खेलाडीको रुपमा मैदान छिरेका एन्ड्रिकले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

दोस्रो हाफको शुरुमै राफिन्हाको स्थानमा मैदान छिरेका एन्ड्रिकले आफ्नो भविष्यको क्लबको मैदानमा गोल गर्न सफल भएका हुन् । रोड्रिगोको कर्नरमा बेराल्डोले फ्लिक गरेको बल क्लियर हुन नसक्दा भेट्टाएको बललाई जाली चुमाउन सफल भए ।

एन्ड्रिकले ब्राजिलका लागि खेलेको पछिल्लो दुई खेलमा नै गोल गर्न सफल भएका हुन् । यसअघि उनले इंग्ल्यान्डमाथि १–० को जित निकालेको खेलमा गोल गरेका थिए ।

५२औं मिनेटमा रोड्रिगोको प्रहारमा गोलरक्षक सिमोन बाधक बन्दा ब्राजिल अग्रता लिनबाट चुक्यो । ७४औं मिनेटमा ओल्मोको प्रहारलाई बेन्टोले नियन्त्रणमा लिने प्रयास गरेपनि सफल भएन ।

८५औं मिनेटमा स्पेनले अर्काे पेनाल्टी प्राप्त गर्यो । पेनाल्टी बक्समा बेराल्डोले ड्यानी कार्भाजललाई फउल गरेपछि रेफ्रीले स्पेनलाई पेनाल्टी प्रदान गर्दा रोड्रीले ८७औं मिनेटमा गोल गर्दै स्पेनलाई ३–२ को अग्रता दिलाए ।

इन्ज्युरी समयको थप गरिएको सातौं मिनेटमा लुकास पाक्वेटाले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई हारबाट जोगाए । ड्यानी कार्भाजल खेलको अन्त्यतिर नायकबाट खलनायक बन्न पुगे ।

यान कोउटोको क्रसमा गलेनोले पेनाल्टी बक्सभित्रबाट प्रहार गर्ने क्रममा उनी र कार्भाजल जुध्न पुगेका थिए । त्यसमै गलेनोले पुनः प्रहार गर्न लाग्दा कार्भाजलले लडेकै अवस्थामा उनको खुट्टा तान्दै लडाउन पुग्दा रेफ्रीले ब्राजिललाई पेनाल्टी प्रदान गर्यो । जसमा पाक्वेटाले गोल गर्न सफल भए ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.