1 year ago
March 27, 2024
एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो ।
घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो ।
स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली पोर्चुगलले बल पोसेसन राख्दै घरेलु टोलीमाथि लगातार दवाव बढाएपनि गोल भने गर्न सकेन । पोर्चुगलले स्लोभेनियाको बलियो रक्षापङ्ति तोड्न सकेन । स्लोभेनियाले काउन्टर अट्याकमा मुभ बनाएर गोल गर्दै जित निकाल्न सफल भयो ।
७२औं मिनेटमा एडमले गोल गर्दै घरेलु टोली स्लोभेनियालाई १–० को अग्रता दिलाए । त्यसको ९ मिनेटपछि टिमी एल्सनेकले गोल गर्दै पोर्चुगलाई स्तब्ध पारे ।
स्लोभेनियासँगको हारसँगै पोर्चुगलको ११ खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लागेको छ । फिफा विश्वकप २०२२ मा मोरोक्कोसँग १–० ले पराजित भएयता पोर्चुगल ११ खेलसम्म अपराजित रहेको थियो ।
May 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- महिला राष्ट्रिय फुटबल टोलीले घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्याण्डविरुद्धका मैत्रीपूर्ण खेलको लागि शुक्रवार टोली घोषणा गरेको हो । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले २३ सदस्यीय टोलीको सार्वजनिक गरे। नेपालले बैंककमा १६ र १९ गते दुई खेल खेल्नेछ । सन् २०२६ को एएफसी महिला एसियन कप अष्ट्रेलिया छनोट प्रतियोगिताको […]
May 23, 2025
एजेन्सी – रियल म्याड्रिडका कप्तान लुका मोड्रिचले सिजनको अन्त्यसँग क्लब छाड्ने निश्चित गरेका छन् ।फिफा क्लब विश्वकपपछि स्पेनिस जायन्ट क्लबबाट उनले बिदा लिनेछन्। सन् २०१८ का बालेन डि’ ओर विजेता ३९ वर्षीय क्रोएसियन मिडफिल्डरले रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा शनिवार रियल सोसिडाडविरुद्धको सिजनको अन्तिम ला लिगा खेल खेल्दै क्लबबाट अन्तिमपटक मैदानमा उत्रनेछन्। ‘त्यो क्षण आइपुगेको […]
May 22, 2025
एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जाइन्ट्स शीर्षस्थानमा रहेको गुजरात टाइटन्सलाई जितको लागि २ सय ३६ रनको चुनौती दिएको छ। अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा टस जितेर गुजरातले फिल्डिङ रोज्यो। लखनउले २० ओभरमा २ विकेट गुमाउँदै २ सय ३५ रन बनायो। लखनउले सुरूवात राम्रो गर्यो। एडन मारक्रम र मिचेल मार्षले पहिलो विकेटलागि ९१ […]