default_image

4 months ago

March 30, 2024

दश जनामा सिमित बर्नलीविरुद्ध चेल्सीको बराबरी

330 views

0 Bookmark

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार साँझ भएको खेलमा दश जनामा सिमित बर्नलीविरुद्ध चेल्सीले बराबरी खेलेको छ । अग्रता जोगाउन नसक्दा चेल्सी २-२ को बराबरीमा रोकिन सफल भएको हो ।

खेलको ४०औं मिनेटमा लोरेन्ज एसिङगनले मुखाएलो मुड्रीकमाथि फाउल गरेपछि चेल्सीले पेनाल्टी पाएको थियो । सो फाउलमा उनले दोहोरो पहेंलो कार्ड खाँदै मैदान समेत बाहिरिएका थिए । पेनाल्टीमा कोल पालमरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

४७औं मिनेटमा बर्नलीले खेलमा बराबरी गर्यो । जोस ब्राउनहिलको क्रसमा जोश कुलेनले गोल गर्दै खेलमा दश जनामा सिमित बर्नलीका लागि बराबरी गरेका थिए ।

तर खेलको ७८औं मिनेटमा पालमरले खेलमा पुनः चेल्सीलाई अग्रता दिलाए । रहिम स्टरलिङको ब्याकहिल पास लिँदै उनले दुई डिफेन्डरलाई छक्याउँदै गोल गर्न सफल भएका थिए ।

त्यसको तीन मिनेटमा बर्नलीले खेलमा पुनः बराबरी गर्यो । पहिलो गोल गरेका कुलेनको क्रसमा डारा ओ’शिएले हेडर मार्फत गोल गर्दै खेलमा बराबरी गरे ।

बराबरी पछि २८ खेलमा ४० अंक भएको चेल्सी तालिकाको ११औं स्थानमा छ । बर्नली भने ३० खेलमा १८ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।

सोही समयमा भएको खेलमा टोटेनहमले लुटन टाउन माथि पुनरागमन जित दर्ता गर्यो । १-० को अवस्था उल्ट्याउँदा टोटेनहमका लागि सन ह्यूङ मिनले एक गोल गरे भने एक गोल आत्मघाती गोल रहेको थियो ।

जित पछि टोटेनहम २९ खेलमा ५६ अंक सहित चौथो स्थानमा उक्लिएको छ । पराजित लुटन भने ३० खेलमा २२ अंक सहित १८औं रहेको छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.