default_image

2 weeks ago

April 3, 2024

कोपा इटालियामा युभेन्ट्सलाई सफलता

एजेन्सी – युभेन्ट्स कोपा इटालिया सेमिफाइनलको पहिलो लेगमा विजयी भएको छ । मंगलबार भएको खेलमा लाजियोलाई २–० ले हराउँदै युभेन्ट्सले फाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ । युभेन्टस्लाई घरेलु मैदानमा जित दिलाउन फेड्रिको चिएसा र डुवान भ्लाहोभिकले गोल गरेका थिए । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । चिएसा ५० औं मिनेटमा चिएसाले एन्ड्रिया […]

225 views

0 Bookmark

एजेन्सी – युभेन्ट्स कोपा इटालिया सेमिफाइनलको पहिलो लेगमा विजयी भएको छ । मंगलबार भएको खेलमा लाजियोलाई २–० ले हराउँदै युभेन्ट्सले फाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।

युभेन्टस्लाई घरेलु मैदानमा जित दिलाउन फेड्रिको चिएसा र डुवान भ्लाहोभिकले गोल गरेका थिए । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

चिएसा ५० औं मिनेटमा चिएसाले एन्ड्रिया कामवेसोको पासमा पहिलो गोल गरेका थिए । ६४ औं मिनेटमा भ्लाहोभिकको गोलमा वेस्टन म्याकेनीले पास दिएका थिए । दोस्रो लेग अप्रिल २४ मा हुनेछ ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.