default_image

4 months ago

April 4, 2024

आरसी ३२ को विजयी सुरुवात

692 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आरसी ३२ फुटबल एकेडेमीले आज देखि सुरु भएको सहिद स्मारक सि डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको उद्दघाटन खेलमा आरसी ३२ले खालिबारी युथ क्लब माथि १-० को जित निकालेको हो ।

आरसी ३२ को जितमा बबिन बोहोराले खेलको २२औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । टिप्सन राईले गरेको क्रसमा बबिनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

६६औं मिनेटमा आरसी ३२ ले अग्रता दोब्बर गर्ने मौका गुमाएको थियो । खालिबारीका गोलकिपर मनोज तामाङले विल्सन गिरी माथि फाउल गरेपछि पाएको पेनाल्टी मनोजले बचाउन पुगे । विवेक सन्तोषीले प्रहार गरेको पेनाल्टी उनले बचाएपछि क्रसबारमा लागेर फर्किएको थियो ।

८५औं मिनेटमा खालीबारीले पनि पेनाल्टी मार्फत बराबरी गर्ने अवसर पाएको थियो । सुमन मगरले मनिष गुरुङ माथि गरेको फाउलले गर्दा पाएको पेनाल्टीमा रोनल राईले पोस्ट भन्दा बाहिर प्रहार गरे ।

भोलि सि डिभिजनमा दुई खेल हुँदै छन् । दिनको १ बजे हुने खेलमा सानेपा क्लब र बागमती युथ क्लब भिड्ने छन् । बेलुका ४:१५ बजे हुने खेलमा रानीवन स्पोर्ट्स क्लान र महावीर स्टडिज एण्ड एथ्लेटिक्स एसोसिएसन भिड्ने छन् ।

सिंगल राउण्ड रोबिन ढाँचामा खेलाईने लिग विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने छ । दोस्रो हुने टोलीले ७ र तेस्रो हुने टोलीले ५ लाख पुरस्कार पाउने छ । यस्तै उत्कृष्ट खेलाडीको ५०,००० रुपैयाँ पाउने छन् भने उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही ३५,००० रुपैयाँ पाउने छन् ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.