default_image

10 months ago

April 5, 2024

बागमतीको विजयी सुरुवात, रानीवन र महावीरको बराबरी

385 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुकबार सम्पन्न खेलमा बागमती युथ क्लब विजयी भएको छ । बागमती द्वारा सानेपा क्लब ३-१ ले पराजित भएको हो ।

यसै सिजन सि डिभिजनमा छनोट मोफसलको सफल क्लब मध्यको एक बागमतीका लागि विमल घिसिङ, सृजन गौतम र आमिर केसीले एक एक गोल गरे । सानेपाका लागि भने पेम्बा लामाले एक गोल फर्काएका थिए ।

यस्तै दिनको दोस्रो खेलमा रानीवन स्पोर्ट्स क्लब र महावीर क्लबले भने १-१ को बराबरी खेलेका छन् । पहिलो हाफको इन्ज्यूरी समयमा धनराज थापाले रानीवनलाई अग्रता दिलाएका थिए । तर खेलको अन्त्यतिर शिव चौलागाईले पेनाल्टी मार्फत गोल गर्दै आफ्नो टोलीका लागि एक अंक दिलाए ।

पहिलो दिनको खेलमा आरसी ३२ फुटबल एकेडेमीले खालीबारी युथ क्लबलाई हराउँदै विजयी सुरुवात गरेको थियो ।

सि डिभिजनमा शनिबार कुनै पनि खेल रहेका छैनन् । आईतवार भने दुई खेल हुँदै छन् । दिनको १ बजे हुने खेलमा पुल्चोक स्पोर्ट्स क्लब र सामाजिक युथ क्लब भिड्ने छन् भने ४:१५ मा मनोहरा युनाइटेड युथ क्लब र समाज कल्याण स्पोर्ट्स सेन्टर भिड्ने छन् ।

January 18, 2025

राइजिङ भरतपुर गोल्डकप फुटबल हुँदै

सुशील पन्त क्षेत्री,चितवन राइजिङ भरतपुर गोल्ड कप फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको छ। चितवन ११ फुटबल क्लबको आयोजनामा प्रतियोगिता माघ १२ गते सुरु हुने शनिवार रिसोर्ट मिसन सफलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा हुने प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।प्रतियोगितामा ए डिभिजनसहित ८ टोली सहभागी हुने […]

January 18, 2025

बागलुङ प्रहरीलाई स्मृति कप फुटबल उपाधि

अर्जुन कार्की , बागलुङ जिल्ला प्रहरी कार्यालय बागलुङले दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रहरीले शनिवार भएको फाइनलमा संकल्प पुर्नस्थापना केन्द्र बागलुङलाई ट्राइब्रेकरमा ५-३ ले हराउँदै च्याम्पियनबनेको हो । निर्धारित र थप २० मिनेटमा खेल १-१ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा प्रहरीले बाजी मारेको थियो। दोस्रो हाफको दोस्रो मिनेटमा मनोज गुरुङले गोलबाट संकल्पले […]

January 18, 2025

एन्फा महिला लिग – बागमतीले पुलिसलाई रोक्यो

काठमाडौं(हाम्रो खेलकुद) – बागमती युथ क्लबले एन्फा राष्ट्रिय महिला लिगको‌ अन्तिम‌ चरणमा विभागीय टोली नेपाल पुलिस क्लबलाई बराबरीमा रोकेको छ । बागमती र पुलिसबिच शनिवार भएको खेल गोलरहित बराबरीमा सकिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुलिसले गोलका धेरै अवसर निकाले पनि बागमतीले त्यसलाई सफल हुन दिएन । पुलिस ११ अंकका साथ तेस्रो स्थानमा कायमै छ […]

Success

Thank you for your time.