default_image

1 year ago

April 6, 2024

म्यानचेस्टर सिटीको सानदार जित

1503 views

0 Bookmark

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार साँझ भएको पहिलो खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ । सिटीले क्रिस्टल प्यालेस माथि ४-२ को सानदार जित हात पारेको हो ।

खेलमा सुरुवाती अग्रता भने प्यालेसले लिएको थियो । खेलको तेस्रो मिनेटमा नै एडम ह्वारटनको पासमा जिन-फिलिप मटेटाले गोल गर्दै प्यालेसलाई अग्रता दिलाएका थिए ।

तर त्यसपछि सिटीले खेलमा कब्जा जमायो । खेलको १३औं मिनेट।केभिन डी ब्रुइनले बक्स भित्रबाट सानदार फिनिश गर्दै खेल बराबरीमा ल्याएका थिए ।

दोस्रो गोल गर्न सिटीले दोस्रो हाफ कुर्नु पर्यो । दोस्रो हाफको दोस्रो मिनेटमा नै रिको लुइसले गोल गरेर खेल बराबरीमा ल्याए । ज्याक ग्रिलिशको क्रस क्लियर भएपछि लुइसले बल नियन्त्रणमा लिएर बक्स भित्रबाट नै गोल गरेका थिए ।

यस्तै ६६औं मिनेटमा डी ब्रुइनकै पासमा एरलिङ हालान्डले गोल गर्दै सिटीको अग्रता फराकिलो बनाए । त्यसको चार मिनेट पश्चात डी ब्रुइनले खेलमा आफ्नो व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई जित तर्फ डोहोर्याए ।

८६औं मिनेटमा ओड्सन एडुवार्डले प्यालेसका लागि एक गोल।फर्काएपछि घरेलु टोली खेलमा फर्कन भने सकेन ।

जित पछि सिटी हालका लागि दोस्रो स्थानमा उक्लिएको छ । सिटीको ३१ खेलमा ७० अंक भएको छ । पहिलो स्थानमा रहेको लिभरपुल ७० अंक नै भएतापनि गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ । तेस्रो स्थानमा रहेको आर्सनलको ३० खेलमा ६८ अंक छ ।

प्रिमियर लिगमा आज नै थप ६ खेल हुँदै छन् । जसमध्य १०:१५ बजे आर्सनलले ब्राईटनको सामना गर्नेछ ।

June 14, 2025

यस्तो हुनेछ फिफाको नयाँ क्लब विश्वकप

एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यसै वर्षदेखि नयाँ ढंगले सुरु गर्न लागेको फिफा क्लब विश्वकप शनिबार सुरु हुँदैछ । अमेरिकामा हुने प्रतियोगिताको पहिलो खेल नेपालमा भने स्थानीय समयअनुसार आइतबार विहान ५:४५ बजे सुरु हुनेछ । उद्घाटन खेलमा अल अहली र इन्टर मायमी खेल्नेछन् । सन् २००० देखि फिफाले हरेक वर्ष महादेशीय क्लब प्रतियोगिताको […]

June 14, 2025

अर्जेन्टिनी कीर्तिमानी मस्तान्तुओनो रियलमा अनुबन्धित

एजेन्सी – रियल म्याड्रिडले अर्जेन्टिनाका लागि प्रतिस्पर्धात्मक खेलमा खेलेका सबैभन्दा कान्छा खेलाडी फ्राङ्को मस्तान्तुओनोलाई रिभर प्लेटबाट अनुबन्ध गरेको छ। १७ वर्षीय मस्तान्तुओनोको रिलिज क्लज सक्रिय गरेपछि रिभर प्लेटले ४५ मिलियन युरो प्राप्त गर्ने बताइएको छ। त्यो क्लबको लागि नयाँ कीर्तिमान हो। अट्याकिङ मिडफिल्डर मस्तान्तुओनोले पछिल्ला दुई सिजनमा रिभर प्लेटको पहिलो टोलीमा नियमित रुपमा खेल्दै आइरहेका […]

June 13, 2025

सिटी छाडेका डे ब्रेइन नापोलीमा‌ आबद्ध

एजेन्सी – म्यानचेस्टर सिटी छाडेका केभिन डे ब्रुइनलेइटालियन क्लब नापोलीमा आबद्ध भएका छन्। बेल्जियमका मिडफिल्डर डे ब्रुइनले प्रिमियर लिग सिजनको अन्त्यसँगै सिटी छाडेका थिए। इटालियन च्याम्पियन नापोलीमा एन्टोनियो कोन्टे प्रमुख प्रशिक्षक छन् । उनले चेल्सी र टोटनहमको पनि नेतृत्व गरिसकेका छन्। इटालीमा फ्रि ट्रान्सफरमार्फत गएका डे ब्रुइनले मेजर लिग सकर क्लब सिकागो फायरको प्रस्ताव अस्वीकार […]

Success

Thank you for your time.