default_image

4 months ago

April 7, 2024

आर्सनल शीर्षस्थानमा

1031 views

0 Bookmark

एजेन्सी – सहज जित निकाल्दै लन्डन क्लब आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । ब्राइटनलाई उसकै मैदानमा ३–० ले पराजित गर्दै आर्सनल शीर्षस्थानमा उक्लन सफल भएको हो ।

आर्सनलले एक खेल कम खेलेको लिभरपुललाई पछि पारेको हो । अमेरिकन एक्सप्रेस स्टेडियम फाल्मेरमा शनिबार राति भएको खेलमा आर्सनलको जितमा बुकायो साका, काई हाभर्टज लियान्द्रो ट्रोससार्डले गोल गरे ।

खेलको ३३औं मिनेटमा बुकायो साकाको पेनाल्टी गोलबाट आर्सनलले पहिलो हाफमा १–० को अग्रता लिन सफल भयो । ६२औं मिनेटमा काई हाभर्टजले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । उनले जर्गिन्होको पासमा गोल गर्न सफल भए ।

त्यसपछि ८६औं मिनेटमा परिवर्तिन खेलाडी ट्रोससार्डले गोल गर्दै आर्सनलको जित पक्का गरे । ६४औं मिनेटमा गाब्रिल जेससको स्थानमा मैदान छिरेका ट्रोससार्डले हाभर्टजको पासमा गोल गर्न सफल भए ।

जितसँगै आर्सनलको ३१ खेलबाट ७१ अंक पुगेको छ । एक खेल कम खेलेको लिभरपुलको ४३ अंक छ । पराजित ब्राइटन ४३ अंकसहित १०औं स्थानमा छ ।

अन्य नतिजा
एस्टन भिल्लाविरुद्ध ब्रेन्टफर्ड (३–३)
एभर्टनविरुद्ध बर्नले (–०)
फुलहमविरुद्ध न्यूक्यासल (०–)
लुटनविरुद्ध बर्नमाउथ (–१)
वल्भ्सविरुद्ध वेस्ट ह्याम (१–)

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.