default_image

4 months ago

April 7, 2024

युनाइटेड र लिभरपुलको रोमान्चक बराबरी

1350 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा लिभरपुल र म्यानचेस्टर युनाइटेडले रोमान्चक बराबरी खेल्दै अंक बाँडेका छन् ।

युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफर्डमा दुवै टोलीले अग्रता लिएपनि खेल २-२ को बराबरीमा टुंगियो । लिभरपुलले सुरुवाती अग्रता लिएपनि दोस्रो हाफमा युनाइटेडले २ गोल गर्दै अग्रता लिएको थियो । तर अन्त्यतिर लिभरपुल पेनाल्टीमा गोल फर्काउँदै अग्रता लिन सफल भयो ।

२३ औं मिनेटमा लुइस डियाजले लिभरपुललाई अग्रता दिलाएका थिए । कर्नरमा डार्विन न्युनेजले दिएको फ्लिक हेडरलाई डियाजले ६ यार्ड बक्स भित्रबाट गोल गरेका थिए । लिभरपुलले त्यसपछि अग्रता बढाउने अवसर पाएपनि मोहमद सलाह २ अवसरमा चुके ।

दोस्रो हाफको ५० औं मिनेटमा युनाइटेडका लागि ब्रुनो फर्नान्डेसले बराबरी गोल फर्काए । लिभरपुलका डिफेन्डर बेन क्वान्साले मैदानको मध्य भागमा दिएको पासलाई ब्रुनोले ठम्याएर पहिलो टचमै दर्शनीय गोलमा परिणत गरे ।

६७ औं मिनेटमा कोबी माइनुले घरेलु टोलीलाई अग्रता दिलाए । पेनाल्टी क्षेत्र भित्रबाट उनले सानदार गोल गर्दै युनाइटेडलाई २-१ ले अघि बढाएका थिए । तर ८४ औं मिनेटमा मोहमद सलाहले पेनाल्टीमा बराबरी गोल गरे ।

यस बराबरीले लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा उक्लनबाट बन्चित भयो । लिभरपुलको ३१ खेलमा ७१ अंक छ । युनाइटेड ३१ खेलमा ४९ अंकसहित छैटौं स्थानमा रहेको छ । आर्सनल ७१ अंकका साथ शीर्षस्थानमा रहँदा म्यानचेस्टर सिटी ७० अंक जोड्दै तेस्रोमा छ । एस्टन भिल्ला ६० र टोटेनहम ५७ अंकका साथ शीर्ष ५ मा छन् ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.