default_image

4 months ago

April 9, 2024

नवौं ओेसन कप सुरु हुँदै

292 views

0 Bookmark

गोरखा (हाम्रो खेलकुद)– नवौं ओसन कप यु १३ राष्ट्रिय फुटबल प्रतियोगिता बुधबार सुरु हुँदैछ । गोरखा नगरपालिका ९ दलभन्ज्याङको द ओसन क्लब आयोजना हुने प्रतियोगितामा देशभरका १२ टोलीको सहभागिता रहेको छ ।

सामुदायिक स्तरमा निर्माण भएको एस्ट्रो टर्फमा प्रतियोगिता सन्चालन हुनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

गोरखा नगरपालिका यु १३ को विजेता ओल्ड क्यापिटल सेकेन्डरी स्कुल, उपविजेता लक्ष्मी सामुदायिक शिक्षा सदनसहित वाल्मिकी शिक्षा सदन, काकाडभित्ता फुटबल ट्रेनिङ सेन्टर, सोसियल वेलफेयर स्पोर्टस सेटर र घोडाघोडी फुटबल एकेडेमी समूह एमा छन् ।

साविक विजेता नव जनजागृती युवा क्लब, थ्री स्टार क्लब, वालिङ युनाइटेड फुटबल क्लब, हिली फिल्डर्स गोरखा एफसी, कासी स्पोर्टस एकेडेमी र विराटनगर सिटी फुटबल क्लब समूह बीमा छन् ।

२०६७ वैशाख १ गते पछि जन्मिएका खेलाडीले मात्र प्रतियोगितामा भाग लिन पाउनेछन् । लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको विजेताले २० हजार र दोस्रो हुने टोलीले १० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.