default_image

4 months ago

April 11, 2024

पहिलो लेगमा पिएसजीविरुद्ध बार्सिलोनाको अग्रता

3330 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग क्वाटरफाइनलको‌ पहिलो लेगमा फ्रेन्च टोली पेरिस सेन्ट जर्मन (पिएसजी) विरुद्ध स्पेनिस टोली बार्सिलोनाले अग्रता लिएको छ । पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा बुधबार भएको खेलमा बार्सिलोनाले ३-२ को जित हासिल गरेको हो ।

खेलको ३७औं मिनेटमा बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । लामिन यमालको क्रस पिएसजी गोलरक्षक जियानलुइजी डोन्नारुमाले नभेटाएपछि बनेको अवसरमा राफिन्हाले गोल गर्दै खेलमा बार्सिलोनालाई अग्रता दिलाए ।

तर दोस्रो हाफको सुरुवाती समयमा नै घरेलु टोली खेलमा फर्कियो । ४८औं मिनेटमा बार्सिलोनाका पूर्व खेलाडी उसमान डेम्बेलेले गोल गर्दै खेल बराबरीमा ल्याए । किलियन एम्बाप्पेको क्रस क्लियर भएपछि उनले बक्स भित्रबाट शक्तिशाली प्रहार गर्दै खेल बराबरीमा ल्याएका थिए ।

बराबरीको ३ मिनेट पछि फाबियान रुइजको पासमा भिटिन्हाले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए । तर बार्सिलोना खेलमा फर्कन सफल भयो । ६२औं मिनेटमा पेड्रीको सुन्दर पासमा राफिन्हाले नै गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।

७७औं मिनेटमा मैदान भित्रिएको केही मिनेटमा नै आन्द्रेयास क्रिस्टियनसनले इल्काए गुण्डोगानको कर्नरमा हेडरमार्फत गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाए ।

क्वाटरफाइनलको अर्को लेग अर्को हप्ता हुनेछ । सोही समयमा सकिएको अर्को क्वाटरफाइनलको‌ पहिलो लेगमा एट्लेटिको म्याड्रिडले बोरसिया डर्टमुन्डलाई २-१ ले हराएको छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.