default_image

3 months ago

April 13, 2024

साम्बा सम्मिलित टोली रोकियो

1328 views

0 Bookmark

एजेन्सी – नेपाली राष्ट्रिय टोलीकी सावित्रा भण्डारी साम्बा सम्मिलित एन अभान्ट ग्वेंगाम्प फ्रेन्च महिला डिभिजन वानमा शनिबार पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग बराबरीमा रोकिएको छ ।

पिएसजी र ग्वेंगाम्प ३–३ गोलको बराबरी खेलको छन् । ३०औं मिनेटमै तबिता चाविङ्गाले गोलमा पिएसजीले अग्रता लिएको थियो । ३३ औं मिनेटमा ग्वेंगाम्पकी एन्टोनी स्टारोवाले पेनाल्टीमा गोल गरेपछि खेलमा १–१ को बराबरी भएको थियो । ५८औं मिनेटमा मारि कातोतो गोलमा पिएसजीले दोस्रो पटक अग्रता लिएको थियो ।

६७औं मिनेटमा ग्वेंगाम्पका लागि निना रिचर्डले गोल गरेपछि खेलमा २–२ को बराबरी भएको थियो । ७५औं मिनेटमा माइवेन रेनार्डले गोल गरेपछि ग्वेंगाम्पले खेलमा पहिलो पटक अग्रता लिएको थियो । ७८औं मिनेटमा पिएसजी स्यान्डी बाल्टिमोरले गोल गरेपछि खेलमा बराबरी भएको थियो ।

दोस्रो स्थानको पिएसजीले २० खेलबाट ४९ अंक पुगेको छ । त्यत्ति नै खेलमा १६ अंकसहित ग्वेंगाम्प १० औं स्थानमा छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.