default_image

3 months ago

April 14, 2024

क्यासी स्पोर्टसलाई यु १३ फुटबल उपाधि

372 views

0 Bookmark

गोरखा (हाम्रो खेलकुद)- क्यासी स्पोर्टस् एकेडेमी यु-१३ राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

द ओसन क्लबको आयोजनामा गोरखा नगरपालिका–९ स्थित एस्ट्रो टर्फमा शनिबार थ्री स्टार क्लबलाई पेनाल्टी सुट आउटमा ३-२ ले हराउँदै क्यासी च्याम्पियन बनेको हो ।
निर्धारित समयमा १–१ को बराबरी भए पछि खेल पेलान्टी सुटआउटमा गएको थियो ।

क्यासी २० हजार रुपैयाँ, ट्रफी र थ्री स्टार क्लबले १० हजार रुपैयाँ, ट्रफीप्राप्त गरेको आयोजक द ओसन क्लबले जनाएको छ ।

त्यसअघि सेमिफाइनलमा क्यासीले जनजागृति युवा क्लबलाई १-० ले हराउँदै फाइनलमा पुगेको थियो । यस्तै थ्री स्टारले काँकडभित्ता फुटबल टे«निङ सेन्टरलाई ३-१ ले पराजित गर्दै अन्तिम दुईमा पुगेको थियो।

थ्री स्टारबका शितल राई प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए। गोरखा नगरपालिकाका मेयर कृष्ण राना लगायतको विजेता उपविजेता टोलीलाई पुरस्कृत गरेका थिए। प्रतियोगितामा १२ टोलीको सहभागिता थियो।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.