default_image

3 months ago

April 17, 2024

बार्सिलोनालाई हराउँदै पिएसजी च्याम्पियन्स लिग सेमिफाइनलमा

5988 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब बार्सिलोना माथि जित हात पार्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा ४-१ र समग्रमा ६-४ को जित निकाल्दै फ्रेन्च टोली अन्तिम चारमा प्रवेश गरेको हो ।

पहिलो लेग ३-२ ले पराजित भएको पिएसजिले दोस्रो लेगमा पुनरागमन गर्न सफल रह्यो । खेलको १२औं मिनेटमा बार्सिलोनाले खेलमा अग्रता लिएको थियो । लामिन यमालले राइट विङबाट बल लिएर बक्स भित्रबाट गरेको क्रसमा राफिन्हाले गोल गर्दै खेलमा बार्सिलोनाले अग्रता लिएको थियो ।

तर २९औं मिनेटमा खेलमा बार्सिलोनालाई झट्का लागेको थियो । डिफेन्डर रोनाल्ड आराउहो सोझो रातो कार्ड खाँदै मैदान बाहिरिएपछि बार्सिलोनाले खेलको दुई तिहाई समय १० जनाले खेल्नु परेको थियो ।

४०औं मिनेटमा बार्सिलोनाले गोल खान पुग्यो । ब्राड्ली बार्कोलाको क्रसमा पूर्व बार्सिलोना खेलाडी उसमान डेम्बेलेले गोल गर्दै समग्रमा बार्सिलोनाको अग्रता दुई गोलबाट एक गोलमा घटाए ।

५४औं मिनेटमा पिएसजीले खेलमा अग्रता लिँदै समग्रमा बराबरी गर्यो । भिटिन्हाले बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै खेलमा पाहुना टोलीलाई अग्रता दिलाए ।

६०औं मिनेटमा पिएसजीले पेनाल्टी पायो । जोआओ क्यान्सेलोले उसमान डेम्बेलेमाथि फाउल गरेपछि पाएको पेनाल्टीमा किलियन एम्बाप्पेले गोल गर्दै पिएसजीलाई समग्रमा अग्रता दिलाए ।

८९औं मिनेटमा एम्बाप्पेले खेलमा व्यक्तिगत दोस्रो गोल गर्दै पिएसजीको जित सुनिश्चित गरे ।

पिएसजीले अब फाइनल प्रवेशका लागि बोरुसिया डर्टमुण्ड विरुद्ध खेल्नेछ । डर्टमुण्डले एट्लेटिको म्याड्रिड विरुद्ध समग्रमा ५-४ को जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.