default_image

10 months ago

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

404 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको ६ अंक पुगेको छ भने समान खेलमा रानीवनको २ अंक छ ।

दिनको पहिलो खेलमा पुल्चोकले झम्सिखेल युथ क्लबलाई ४–१ ले हराएको छ । पुल्चोकको जितमा शेरब लो तामाङले २ तथा मदन पौडेल र समीप ढकालले समान १ गोल गरे । झम्सिखेलका ओम धामीले गोल गरे ।

खेलको १९औं मिनेटमा ओमको गोलबाट झम्सिखेले अग्रता लिएको थियो । तर, पुल्चोकले पहिलो हाफमै गोल फाएको थियो । पहिलो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा मदनले गोल गर्दै पुल्चोकलाई खेलमा फर्काए । पहिलो हाफको इन्ज्युरी समयको सातौं मिनेटमा शेरबले पेनाल्टी गोल गरेपछि पुल्चोकले २–१ को अग्रता बनाएको थियो ।

शेरबले ५१औं मिनेटमा गोल गरे । ६४औं मिनेटमा समीपले गोल थपेपछि पुल्चोकको जित सहज बन्यो । झम्सिखेलले १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो । पहिलो हाफको इन्ज्युरी समयको सातौं मिनेटमा अनिश नेपालीले रातो कार्डको सामना गरेपछि झम्सिखेल १० खेलाडीमा सिमित भएको थियो ।

पुल्चोकले ३ खेल सबै खेल जित्दै ९ अंक जोडेको छ । २ खेल हारेको झम्सिखेलको ३ खेलमा ३ अंक छ ।

February 12, 2025

चेल्सीकी स्टार स्ट्राइकर केर निर्दोष ठहर

एजेन्सी – चेल्सीकी स्टार स्ट्राइकर साम केरलाई बेवकुफ र सेतो भनेपछि जातीय रूपमा उत्प्रेरित दुर्व्यवहारको आरोपबाट अदालतले निर्दोष ठहर गरेको छ। किङ्स्टन क्राउन अदालतको ज्यूरीले ३० जनवरी २०२३ मा दक्षिण-पश्चिम लन्डनको ट्विकेनहममा भएको घटनासँग सम्बन्धित मुद्दामा केरलाई सफाइ दिएको हो। ३१ वर्षीया केरले आफूलाई प्रहरीले उक्साएको बताएकी छन्। उनलाई एक ट्याक्सी चालकले विवादपछि प्रहरी कार्यालयमा […]

February 12, 2025

पिएसजीको सहज जित

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जेर्मन(पिएसजी), जर्मन क्लब बुरुसिया डर्टमुन्ड र इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिगको प्लेअफको पहिलो लेग खेलमा बुधवार जित हात पारेका छन् । पिएसजीले अर्को फ्रान्सेली क्लब ब्रेस्टलाई ३-० ले पराजित गर्यो । ब्रेस्टको घरेलु मैदानमा भएको खेलमा पिएसजीको जितमा ओस्मान डेम्बेलेले २ र भिटिन्हाले १ गोल गरे । भिटिन्हाले २१औं […]

February 12, 2025

सिटीमाथि रियलको रोमाञ्चक जित

एजेन्सी – स्पेनिस क्लब रियल मड्रिडले इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीमाथि च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा रोमाञ्चक जित निकालेको छ । रियलले बुधवार सिटीमाथि ३-२ को जित निकालेको हो । दुई पटक खेलमा पछि परेर पनि रियल नतिजा उल्टाउन सफल‌ भयो। सिटीको मैदानमा भएको खेलमा रियलको जितमा किलियन एमबाप्पे, ब्राहिम डियाज र जुड बेलिंघमले समान गोल […]

Success

Thank you for your time.