default_image

3 months ago

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

1308 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ।

इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ।

मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी भएको थियो। अब सेमिफाइनलमा एटलान्टाले फ्रेन्च क्लब मार्सेलीको सामना गर्नेछ ।

मार्सेलीले पोर्चुगिज क्लब बेन्फिकालाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै अन्तिम चारमा पुगेको हो । दोस्रो लेगमा मार्सेलीले पेमी मुमाबाग्नाको गोलमा १-० को जित निकालेपछि समग्रमा २-२ को बराबरी भएको थियो। थप समयमा नतिजा नआएपछि पेनाल्टी सुटआउटमा मार्सेली भाग्यशाली रह्यो।

युरोपा लिगको सेमिफाइनल समीकरण पूरा भएको छ।
बिहीबार जर्मन टोली बायर लेभरकुसन र इटालियन क्लब रोमा पनि सेमिफाइनल पुगेका छन्।

वेष्टह्याम युनाइटेडसँगको दोस्रो लेगमा १-१ को बराबरी भएपनि समग्रमा ३-१ ले नतिजासहित बायर लिभरकुसेन अघिल्लो चरणमा पुगेको‌ हो ।

एसी मिलानलाई दोस्रो लेगमा २-१ ले हराएको रोमा समग्रमा ३-१ ले नतिजाका साथ अघि बढेको हो । फाइनल प्रवेशका लागि बायर लेभरकुसन र रोमाबीच प्रतिस्पर्धा हुनेछ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.