मड्रिड (एजेन्सी) – बार्सिलोनाले कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा एट्लेटिको मड्रिडलाई २–१ ले पराजित गरेको छ । बार्सिलोनालाई उपाधि नजिक पुर्याउने सम्भावना बलियो बनाउनका लागि टोलीका दुई स्टार लियोनल मेस्सी र लुइस स्वारेजले गोल गरेका थिए । दुवै गोल पहिलो हाफमै सम्भव भएको थियो ।
स्वारेजले सातौं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अघि बढाएका थिए भने मेस्सीले ३३ औं मिनेटमा गोल गरेका थिए ।२–० को अग्रतालाई घटाउने क्रममा दोस्रो हाफमा एन्टोनियो ग्रिजमनले गोल गरे र दोस्रो लेगमा नजिता उल्टाउने सम्भावना जीवित राखे । यी दुई टोलीबीचको दोस्रो लेग अर्को साता हुनेछ ।
कोपा डेल रेको अर्को सेमिफाइनलको पहिलो खेलमा बिहीबार अलाभेसले सेल्टा भिगोको आतिथ्यता गर्नेछ ।